४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

डेंगु परीक्षणमै समस्या, ६ जनाको मृत्यु

डेंगु परीक्षणमै समस्या, ६ जनाको मृत्यु
अ+ अ-

काठमाडौं। प्रछिल्लो साता देशभर डेंगुको त्रास फैलिएको छ। यति बेला चिकित्सकदेखि नेता, मन्त्री र सर्वसाधारण डेंगुका कारण एउटै मात्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्टको पर्खाइमा छन्।

प्रयोगशालामा जनशक्ति र उपकरण न्यून भएका कारण रिपोर्ट आउन ढिला हुनेदेखि अनेकौं समस्या बाहिर आएका छन्।

नेपालमा यति बेला ६१ जिल्लामा डेंगु देखिएको र त्यसमध्ये ५६ जिल्लामा प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको छ।

रोग नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालय तथा सरकारको समयमै ध्यान नपुगेको भन्दै संसद्मा समेत कडा आलोचना भइरहेको छ।

स्वास्थ्य सेवा विभागअन्तर्गत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो एक महिनाको बीचमा झन्डै ५ हजारको हाराहारीमा डेंगु संक्रमित बिरामी परीक्षणमा आइसकेका छन्।

६ जनाको मृत्युसमेत भइसकेको छ, यसमा महाशाखाले चार जनाको प्रमाणित भएको र दुई जनाको भइनसकेको बताएको छ।

डेंगु रोगका विशेषज्ञसमेत रहेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार यति बेला अस्पतालको बेडमा बिरामी राख्ने ठाउँ नभएकाले बाहिर ग्यारेजदेखि पालमुनि समेत बिरामी राखेर परीक्षण गरिएको छ। जनशक्ति कम भएकाले विभागसँग माग गरी काम गरिएको उहाँले बताउनुभयो।

यसबीच दुई जना चिकित्सक र नौ जना स्वास्थ्यकर्मीमा पनि उपचार गर्दैगर्दा डेंगु देखियो। ‘डेंगु जुन किसिमको बाहिर हल्ला छ, त्यसरी डराउनुपर्दैन र बजारबाट जथाभावी औषधि खरिद गरेर नखान पनि हामी आह्वान गर्छौं।’ –डेंगु रोगमै विद्यावारिधि गरेका पाण्डेको सल्लाह छ।

विशेष गरी डेंगुको संक्रमण भएका व्यक्तिले झोलिलो पदार्थमा जोड दिनुपर्छ। ‘झोल पदार्थ प्रशस्त खाएर घरमै आराम गर्दा पनि हुन्छ, आत्तिनु पर्दैन।’ –डा. पाण्डे भन्नुहुन्छ।

सात सयमा तीन सयलाई डेंगु

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संयोजक डा. शंकर पाण्डेका अनुसार सोमबार मात्र ७ सय १३ नयाँ बिरामीको ल्याब परीक्षण गरिएको र ४ सय बिरामीको परीक्षण गर्दा २ सय ५० जना बिरामीमा डेंगु देखिएको बताउनुभयो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झा प्रयोगशाला बिहान ९ देखि ४ बजेसम्म खुल्ने र त्यतिञ्जेल जति बिरामी आएका छन् सबैको परीक्षण गरेका छौं भन्नुहुन्छ।

‘संख्या यकिनरूपमा भन्न सकिन्न।’ -झाले भन्नुभयो। उहाँले पछिल्लो समय बिरामीको चाप बढेको र आफ्नो जानकारीमा अघिल्लो आइतबारदेखि शुक्रबारसम्मको ७ सय ७ जनाबाहेक अरू नभएको बताउँदै तथ्यांक भन्न नमिल्ने बताउनुभयो।

डेंगुको उपचार भनेकै शरीरमा प्रशस्त पानीको मात्रा पुर्याउनु र आराम गर्नु नै हो। विश्वमा नै ठोस कुनै औषधि बनेको छैन। सरसफाइमा ध्यान दिने, ज्वरो कम गर्न सिटामोल खाने, पानी र सुप प्रशस्त खानाले बिरामीलाई लाभ पुग्छ।

टेकु अस्पतालकै डा। अनुप बास्तोलाका अनुसार घर–वरिपरि पानी जम्न नदिने, खाल्टाखुल्टी पुरीदिने र घरबाहिर निस्कँदा पूरा बाहुला भएका शरीर ढाक्ने कपडा लगाउने हो भने डेंगुबाट डराउनुपर्ने कुरै छैन। उहाँ भन्नुहुन्छ– ‘तर, लार्भा नष्ट नगरेसम्म डेंगुबाट बच्ने कुनै उपाय नै छैन।’

जब संक्रमित लामखुट्टेले फुल पार्छ त्यसमा भएको डेंगुको संक्रमण मानिसमा सर्छ र त्यही मानिसलाई लामखुट्टेले टोकेर अर्को मानिसलाई टोकेको खण्डमा डेंगु सर्छ। डेंगु लामखुट्टेबाट लामखुट्टेमा पनि सर्छ।

डेंगु सार्ने मुख्य लामखुट्टे भनेको एडिज इजिप्टाइ जातको पोथी लामखुट्टे हुन्छ। यसले विशेष गरी सफा जमेको पानीमा अण्डा पार्दछ र दिउँसोको समयमा मानिसलाई टोक्ने गर्दछ।

यो लामखुट्टेको खुट्टामा सेतो मार्किङहरू र ढाडको माथिल्लो भागमा वीणा आकारका मार्किङहरू रहेको हुन्छ, जुन अरू प्रजातिका लामखुट्टेमा पाइँदैन।

डा।अनुपका अनुसार बितेको ५० वर्षमा यो रोगको संक्रमण ३० गुणा बढेको छ। विश्वको आधाभन्दा बढी जनसंख्या यो रोगको जोखिममा रहेका छन्।

विश्वका एक सय २८ भन्दा बढी मुलुकका तीन दशमलव नौ अर्ब मानिसहरू यस रोगको जोखिम क्षेत्रमा बसोबास गर्दछन्।

प्रत्येक वर्ष झन्डै ३९ करोड मानिस डेंगु रोगबाट संक्रमित हुन्छन् र २० हजारभन्दा बढीको मृत्यु हुने गर्दछ। डेंगुको नियन्त्रण भनेकै सरसफाइमा जनचेतना नै हो।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा बिरामीका आफन्त रिपोर्ट लिन पालो कुर्दै । डेंगुको माहामारी बढेपछि सो अस्पताल अस्तव्यस्त हुँदै गएको छ ।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।