१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको खुला केन्द्रीय सदस्यको मतगणना सकियो



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्यको मतगणना सकिएको छ । प्राप्त मत जोड्ने काम जारी छ।

यसपछि खुला (महिला) र मधेसी महिलातर्फको केन्द्रीय सदस्यको मत गणना हुने पार्टीको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ। 

नौ जना चयन हुने महिला खुला केन्द्रीय सदस्यका लागि ३० जनाको उम्मेदवारी परेको छ ।

३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा २५ जना देउवा पक्षबाट विजयी भएका छन् भने सभापतिमा पराजित शेखर कोइराला पक्षबाट ९ जनाले जित हात पारेका छन् ।

शनिबारबाट थालिएको मतगणना आइतबार साँझ सकिएको हो ।

खुला केन्द्रीय सदस्यमा शशांक कोइरालाले सबैभन्दा लोकप्रिय मत पाएका छन् ।

यस्तै एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक लगायतले पनि बढी मत ल्याएका छन् ।