रुकुम पश्चिम । विद्यालयबाट घर फर्किदै गरेका दुई विद्यार्थीको पहिरोमा पुरिएर मृत्यु भएको छ । मुसीकोट नगरपालिका–१० चुनका दुई बालिकाको पहिरोमा पुरिएर मृत्यु भएको हो ।
स्थानीय रणबहादुर कामीकी १० वर्षीया छोरी सावित्री विक र डिलबहादुर विककी १२ वर्षीया छोरी डिलमाया विक पहिरोले पुर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार विद्यालयबाट फर्कने क्रममा बेलुकी ५ बजेतिर बाटोमै पहिरोले पुरेपछि उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।