२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय

मध्यपुरथिमिमा नवदुर्गा नाच सुरु (फोटो फिचर)

मध्यपुरथिमिमा नवदुर्गा नाच सुरु  (फोटो फिचर)
अ अ+ अ-

मध्यपुरथिमि नगरपालिका क्षेत्रमा आजदेखि नवदुर्गा नाच सञ्चालन हुने भएको छ । मध्यपुरथिमि नगरपालिकाको सहयोग र सहकार्यमा आठ दिनसम्म भक्तपुरको धार्मिक र सांस्कृतिक महत्व बोकेको नवदुर्गा नाच प्रदर्शन गर्ने गरी आईतबार साँझदेखि सुरु भएको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “थिमि सांस्कृतिक सहर हो, धेरै लामो समय मध्यपुरथिमिमा प्रदर्शन हुँदै आएको नवदुर्गा नाच ११ वर्षसम्म बन्द हुँदा मेरै पहलमा दुई वर्ष अगाडि पुनः सञ्चालन भएको थियो, गतवर्ष कोरोनाका कारण नाच प्रदर्शन हुन पाएन, यसवर्ष योमरी पून्ही अर्थात् आजदेखि आठ दिनसम्म मध्यपुरथिमिको टोल–टोलमा नवदुर्गा नाच हुनेछ, त्यसको सम्पूर्ण व्यवस्थापन नगरपालिकाले गरेको छ ।”

मध्यपुरथिमिको दिगु टोलबाट सुुरु भएको यो नाच आज रातभर यहीँ रहने छ । यहाँका बासिन्दाले नाच हेर्नुका साथै नवदुर्गाको पूजा गरेका छन् । नाच आठ दिनसम्म बालकुमारी, लायकु, दथुटोल, मरुटोल, वामुने, ताचो, तछुटोल, पोवु, चपाचो, नगदेश, बोडेलगायत टोलटोलमा गएर प्रदर्शन गरिने भएको छ । मध्यपुरथिमिमा दुई दशक लामो समय सञ्चालनमा रहेको नवदुर्गा नाच सुरक्षाका कारणले ११ वर्ष बन्द भए पनि निर्वाचित जनप्रतिनिधि आएपछि २०७५ सालदेखि पुनः सञ्चालनमा आएको थियो । 


    
नगरपालिकाका प्रमुख श्रेष्ठले भन्नुभयो, “नगरपालिकाले मध्यपुरथिमिको कला, संस्कृति र सांस्कृतिक पर्व जोगाउन बजेट नै विनियोजन गरेर अगाडि बढेको छ, वर्षौदेखि मध्यपुरमा प्रदर्शन हुँदै आएको नवदुर्गा नाच पनि सांस्कृतिक धरोहर नै हो, यसलाई रोक्नु हुँदैन भन्ने लागेर नगरपालिकाकै पहलमा आवश्यक सहयोग, खर्च र सुरक्षाको व्यवस्था गर्दै नाच सञ्चालनमा ल्याएका हौँ ।” नवदुर्गा नाच मध्यपुरथिमिको टोल–टोलमा नाचिने भएको छ भने स्थानीयवासीले श्रद्धा र भक्तिपूर्वक नवदुर्गाको पूजा गर्ने र नाच हेर्ने गर्दछन् । रासस