३१ श्रावण २०८३, आईतवार
,
Latest
कैलालीका सामुदायिक वनमा उत्पादनमुखी वृक्षरोपणलाई प्राथमिकता भारतको उत्तराखण्डमा निर्माणाधीन सुरुङ भत्किँदा सात जनाको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पूर्वी चीनको हङ्जे तालमा बाढी नियन्त्रणका लागि ६३ वटै ढोका खोलिए पोखराका ठूला पूर्वाधार आयोजना भदौभित्रै टेण्डर प्रक्रियामा जाने, विकास र भूमि व्यवस्थापनका कार्य तिब्र अध्यक्ष ओलीले भने– पार्टीमा बस्ने भए अनुशासनमा बस्नुस्, नत्र आफ्नो बाटो रोजे हुन्छ जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्द्धनका लागि सरकारको साथ रहन्छ: अर्थमन्त्री सर्प र भर्याङ पहिरोमा परिएर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्प र भर्याङ



अ+ अ-

दिउँसोको समय थियो
लामो टिङटिङटिङ…. घण्टी
कानको बाटो हुँदै मस्तिष्कमा पुग्यो
र गयो धेरै परसम्म
अनि
मलाई सम्झाई दियो,
धेरै पछि
धेरै पहिलेका यादहरु,

एकाएक
अम्बाको बोट हल्लाउदा
पाकेका अम्बाहरु झै बर्सन थाले
मेरा बाल्यकालका पलहरु ।

त्यो बेला
टिफिन टाईममा
हामी जामुनो हल्लाईदिन्थीयौं
साना भाइ बहिनीहरु
भुर्र उडेर जामुन खान्थे र दाँत कालै बनाउँथे ।

कहिले सरिफा,कहिले मेवा,
कहिले चिचिला आँप चोरिन्थ्यो ।
कहिले
उखुबारीमा पुगिन्थ्यो, खिर्राबारीमा लडिन्थ्यो
पटुवा घारिमा लुकिन्थ्यो, बरका हाँगाहरुमा कुदिन्थ्यो,
कहिले भाले जुधाँई खेलेर, थाकेर हत्थु भईन्थ्यो
बगरमा बालुवाको ठुला ठुला घर बन्दथे
र एकै निमेषमा ढल्दथे ।

हप्तामा एक दिन त
आईतबारे बजारबाट आएको
मिठो ढुंग्रे,पकौडाहरुका बासना खान पाईन्थ्यो
त्यस संगै
पोथी माछाका बासना पनि खाईन्थ्यो
र अघाईन्थ्यो ।
कुनै दिन,
बासी चुईगम चपाउदै साथीलाई झुक्याईयो
कहिले
भित्रको चिसो कपडाले बेञ्च भिजाईन्थ्यो
यसै गरि म संगै मेरा साथीहरु
मेरो कक्षाहरु पनि क्रमश बढ्दै जान्थे ।

कहिले कसो उम्केको भकुण्डोलाई
एक लात्ति नहानेरै ४० मिनेट बित्थ्यो,
कहिले लुडोे खेलमा
सर्पको मुखमा पुगेर
सिधैं ९९ बाट
२६ मा झरिन्थ्यो
कहिले भर्याङ चढेर
२८ बाट ७७ मा पुगिन्थ्यो
त्यहीँ बेला
कक्षाको घण्टी बज्थ्यो ।
टिनीनीनी……….

अहिले
म हेर्दैछु, म देख्दैछु
विद्यालयको चउर,सुनसान छ, शान्त छ,
मानौ केटाकेटीहरुनै छैनन् जस्तो,
कसैले तिनको बोलि खोसेको जस्तो,
कसैले साथी गुमाएको जस्तो,
मानौं
अर्कै खाले साथीले कब्जा जमाईसके जस्तो ।
यो
कस्तो खालको शान्त हो ?
कतै मोबाईलले दिएको शान्ति त होईन ?
कि सबै खेलहरु सकिएको शान्ति हो ?
केहि त पक्कै हो ।
सायद परिवर्तन हो ।

अस्तु ।