काठमाडौं । किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबलको फाइनल खेलमा नेपाल पहिलो हाफसम्म १–० गोलअन्तरले पछि परेको छ । किर्गिस्तानको सेन्ट्रल रंगशालामा जारी खेलको पहिलो हाफसम्म नेपाल मात्र १–० गोलले पछि परेको हो । खेलको ३९औं मिनेटमा उज्वेकिस्तानले गोल गर्दै अग्रता बनाएको छ ।
अहिलेसम्म महिला फुटबल टिमले कुनै पनि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जित्न सकेको छैन । तर आजको खेलमा उज्वेकिस्तानलाई पराजित गर्न सके नेपालले इतिहास रच्ने पक्का रहेको छ ।
यसअघि लिग चरणमा भएको खेलमा नेपालले उज्वेकिस्तानसँग २–० गोलको हार ब्यहोरेको थियो ।