२२ भाद्र २०८३, सोमबार
,
Latest
रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उज्वेकिस्तानसंग नेपाल पहिलो हाफसम्म १–० ले पछाडि



अ+ अ-

काठमाडौं । किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबलको फाइनल खेलमा नेपाल पहिलो हाफसम्म १–० गोलअन्तरले पछि परेको छ । किर्गिस्तानको सेन्ट्रल रंगशालामा जारी खेलको पहिलो हाफसम्म नेपाल मात्र १–० गोलले पछि परेको हो । खेलको ३९औं मिनेटमा उज्वेकिस्तानले गोल गर्दै अग्रता बनाएको छ ।

अहिलेसम्म महिला फुटबल टिमले कुनै पनि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जित्न सकेको छैन । तर आजको खेलमा उज्वेकिस्तानलाई पराजित गर्न सके नेपालले इतिहास रच्ने पक्का रहेको छ ।

यसअघि लिग चरणमा भएको खेलमा नेपालले उज्वेकिस्तानसँग २–० गोलको हार ब्यहोरेको थियो ।