काठमाडौं । सरकारद्वारा बालुवाटार जग्गा प्रकरणको छानविन गर्न बनाईएको समितिको म्याद थप गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको छानविन समितिको म्याद मन्त्रिपरिषद्को पछिल्लो बैठकले असोज २८ सम्मका लागि थप गरेको हो ।
सरकारले पनि २८ फागुन २०७५ को निर्णयअनुसार सरकारी, गुठी र सरकारद्धारा अधिग्रहरण तथा जफत भएका जग्गा हिनामिना भएको विषयमा छानविनसमितिको प्रतिवेदन कार्यान्वयन गर्न सीआईबीको अर्को टोली बनाएको थियो ।
बालुवाटारको ललिता निवासको जग्गा प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि बयान लिएर अनुसन्धान गरिरहेको छ ।