२२ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनाको पहलमा राजधानीमा वृक्षरोपण



अ+ अ-

काठमाडौंः संविधान दिवस २०७६ को उपलक्ष्यमा बिहीबार काठमाण्डौ महानगरपालिका, नेपाली सेना र नेपाल सरकार वातावरण विभागको सहकार्यमा हरियाली प्रवर्द्धन तथा विस्तार गर्ने उद्देश्यका साथ त्रिपुरेश्‍वरदेखि सुन्धारास्थित नागस्थान चोकसम्म वृक्षरोपण गरियो ।

वन तथा वातावरणमन्त्री शक्ति बस्नेतको प्रमुख आतिथ्यतामा वृक्षरोपण कार्यक्रम सम्पन्‍न भएको नेपाली सेनाले जनाएको छ ।

काठमाडौ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य र नेपाली सेनाका बलाधिकृत रथी शरद कुमार गिरीको नेतृत्वमा सञ्‍चालन भएको उक्त वृक्षरोपण कार्यक्रममा कपुर, जाग्रयात र बोटल क्रस गरि करिब १५३ वटा बिरुवा रोपिएको थियो ।