२२ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्रोत नखुलेको ४० लाख रुपैयाँसहित २ जना पक्राउ



अ+ अ-

बुटवल – रुपन्देही प्रहरीले स्रोत नखुलेको ४० लाख रुयैयाँसहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका अनुसार पक्राउ पर्नेहरुमा थाना नौतनवा, ग्राम लौटन भारतका २४ वर्षिया रितेशकुमार मधेसिया र सोही ठाउकै २४ वर्षिया निरजकुमार अग्रहरी रहेका छन ।

जिप्रकाका अनुसार विहीवार दिउसो ४ बजेको समयमा विशेष सूचनाको आधारमा जिप्रकाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

सिद्धार्थनगर नगरपालिका १ वाइपासस्थित सडकमा भारतबाट नेपालतर्फ शंकास्पद रुपमा आइरहेको भारतीय युपी ५६ वाइ ७०४९ नं।को मोटर साइकलमा उनीहरु सवार रहेका थिए । 

सोही मोटरसाइकललाई रोकी चेकजांच गर्ने क्रममा मोटर साइकल चालकले झोला खान तलासी गर्दा श्रोत नखुलेको अबैद्य रकम ९हुण्डी०े बरामद भएको प्रहरीले जनाएको छ । 

जिप्रकाका अनुसार विभिन्न दरका नेपाली नोटहरु ३८ लाख ९३ हजार १ सय  र विभिन्न दरका भारतीय नोटहरु १ लाख ६४ हजार भारतीय रुपैया गरी ४० लाख ५७ हजार एक सय रुपैया बरामद भएको छ । 

उनीहरुसगबाट बिभिन्न बैंकका चेक समेत बराद गरिएको छ । पक्राउ परेका व्यक्तीहरुलाई जिप्रका कार्यालयको नियन्त्रणमा लिइ थप अनुसन्धान भैरहेको जनाइएको छ ।

विभिन्न बैंकका विभिन्न व्यक्तीको नाममा विभिन्न मितिमा काटिएका २७ लाख ४८ हजार ७ सय रुपैया बराबरको १० थान चेक , विभिन्न बैंकका चेक बुकहरु ५ थान, भारतीय र नेपाली बैंकको एटीएम कार्ड ७ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।