काठमाडौं– नेपाल राष्ट्र बैंकले नयाँ संकेत भएको २० र ५० रुपैयाँको नोट भदाै २६ देखि चलनचल्तीमा ल्याएको छ ।
नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका अनुसार २० रुपैयाँ दरको सिरिज वि.सं. २०७२ संकेत नं. ञ/४१०००००१ देखि ञ/४१ ९९९९९९ सम्म र ५० रुपैयाँ दरको सिरिज २०७२ संकेत नं. ज/८६ ०००००१ देखि ज/८८ ९९९९९९ सम्मको नोट भदौ २६ बाट चलनचल्तीमा ल्याइएकाे छ ।