४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

५ असोजबाट अग्रिम टिकट बुकिङ खुल्ने, बस भाडा नबढ्ने

५ असोजबाट अग्रिम टिकट बुकिङ  खुल्ने, बस भाडा नबढ्ने
अ+ अ-

काठमाडौं। हिन्दूहरूको महान् चाड दसैंको अवसरमा आगामी ५ असोजबाट बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । सरकार र व्यवसायीबीच बिहीबार भएको वार्तामा ५ असोजदेखि दसैंको लागि टिकट खुला गर्ने सहमति भएको हो ।

यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले सरकारसँगको छलफलबाट आगामी ५ असोजबाट टिकट खुला गर्ने निर्णय भएको बताए । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालको संयोजकत्वमा यातायात व्यवसायी महासंघका प्रतिनिधि, ट्राफिक प्रहरी, नेपाल प्रहरीलगायतका सरोकारवाला निकायको बैठकले दसैंका लागि अग्रिम बुकिङ खोल्ने निर्णय गरेको हो ।

महानिर्देशक हमालले व्यवसायीसँगको छलफलका आधारमा दसैंमा यात्रुलाई सहज होस् भनेर ५ असोजबाट टिकट बुुकिङ खुलाउने निर्णय गरिएको जनाए ।

दसैंमा टिकट भाडादर भने नबढ्ने भएको छ । यातायात व्यवसायीले पार्टपुर्जा र कर्मचारीको तलब धेरै बढेको तथा उपत्यकाबाट यात्रु लिएर जाने र उपत्यका भित्रिँदा खाली आउनुपर्ने अवस्था रहेकाले भाडाको विषयमा समस्या बुझिदिन सरकारसँग आग्रह गरेका थिए । विभागले चाडपर्वमा भाडा बढाउन नसक्ने जवाफ दिएको थियो । महासचिव सिटौलाले २०६९ सालदेखि भाडा समायोजन गर्न सरकारसँग माग गर्दै आएको र भाडा समायोजन गर्ने विषयमा सरकारले सोच्नुपर्ने बताए । व्यवसायीको भाडा समायोजनको माग सरकारले पूरा नगरे पनि उनीहरू टिकट खुलाउन भने सहमत भएका हुन् ।
यता, टिकट बुकिङ खुला गर्न सरकार र व्यवसायी सहमत भए पनि देशैभरको सडकको अवस्था भने दर्दनाक छ । काठमाडौं उपत्यकासहित राजमार्गभरि खाल्टाखुल्टी देखिएका छन् । बिहीबारको बैठकमा सडकको मर्मत सम्भार गर्न व्यवसायीले आवाज उठाएका थिए ।
महासचिव सिटौलाले आफूहरूले ठाउँठाउँमा बाटो बिग्रिएको र खाल्टाखुल्टी रहेकाले सहज रूपमा यातायात आवतजावत हुने वातावरण मिलाउन सरकारसँग माग गरेको बताए । ‘खाल्टाखुल्टी बनाउन र बिग्रिएको सडक मर्मत गर्न हामीले माग राखेका छौं’, उनले राजधानीसँग भने, ‘पहिरो जाने ठाउँहरू र नाकाहरूमा हेभी इक्विपमेन्टजस्ता सामग्री तयारी अवस्थामा राख्न पनि आग्रह गरेका छौं ।’

यातायात विभागले भने सडक विभागसँग समन्वय गरेर बिग्रिएका सडकको मर्मत गर्न पहल गर्ने जनाएको छ । दसैं मनाउन उपत्यकाबाट १५ देखि २० लाखको हाराहारी मानिस बाहिरिने गरेका छन् । यो वर्ष २० लाखभन्दा बढी बाहिरिने अनुमान गरिएको छ । व्यवसायीले सडकको अवस्था ठीक भएन भने यात्रुहरूलाई सहज रूपमा गन्तव्यसम्म पु¥याउन कठिन हुने बताएका छन् । ‘बस गाडीहरू थपिएका छैनन्, त्यसैले राम्रो बाटो भएमा अहिलेकै अवस्थाले व्यवस्थापन गर्न सकिन्छ तर बाटोको अवस्था ठीक भएन भने गाह्रो हुने देखिन्छ,’ महासचिव सिटौलाले राजधानीसँग भने, ‘यसका लागि सहयोग गर्न हामी सबैसँग आग्रह गर्छौं ।’ यता, यातायात व्यवसायी महासंघले टिकट काउन्टरमा बस्ने कर्मचारीलाई पहिचान खुल्नेगरी पोसाक लगाउन निर्देशन दिएको छ । महासंघले टिकट काउन्टरमा बस्ने कर्मचारीलाई यस्तो निर्देशन दिएको हो ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।