२२ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरएनए नेदरल्याण्डको अध्यक्षमा कंडेल र आइसिसिमा शर्मा



अ+ अ-

नेदरल्याण्ड । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् नेदरल्याण्डको अधिबेशन सम्पन्न भएको छ । अधिबेशनबाट अध्यक्षमा श्रीराम कंडेल र आइसिसि सदस्यमा मनोहरि शर्मा सर्वसम्मत भएका छन् ।

सेप्टेम्बर ८ मा सम्पन्न परिषद्को आठौं अधिबेशनले वरिष्ठ उपाध्यक्षमा मिम पुर्जा र उपाध्यक्षहरुमा अच्युत कट्टेल, हेम कुमार भुजेल, हिरामणि पराजुली (अशोक) कुश बजगाईँ, हिरण्य ओझा र महिला उपाध्यक्षमा वर्षा खड्कालाई सर्वसम्मत चयन गरिएको छ भने महासचिवमा शंघर्षसील केसी, सचिवमा थम्मन बहादुर कार्की, कोषाध्यक्षमा खेम सापकोटा, सहकोषाध्यक्षमा रेशम गुरुङ, युवा संयोजकमा अमिर गुरुङ, महिला संयोजकमा राधादेवी शर्मा कंडेल, उत्तरी होल्याण्ड संयोजकमा सिता सापकोटा, दक्षिण होल्याण्ड संयोजकमा राजुकुमार श्रेष्ठ र लिम्ब्रुङ संयोजकमा खड्क रोका सर्वसम्मत भएका हुन् ।

त्यसैगरी परिषद्को सदस्यमा चन्द्र कुँवर, राम बुढाथोकी, श्रीधर पाण्डे, शालिक गौतम, दिपक ढकाल, ध्रुव न्यौपाने, थानेश्वर कँडेल, गणेश थापा, द्रोण रिजाल, राजेन्द्र कंडेल, सवि रिजाल (प्रवक्ता) र रामचन्द्र पोखरेल सर्वसम्मत भएका छन् ।

उक्त अधिबेशनमा बेल्जियमका लागि नेपाली राजदूत लोक बहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो ।