२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय

आन्तरिक र बाह्य पर्यटकको रोजाईको गन्तब्य बन्दै मुस्ताङ – फोटो फिचर

आन्तरिक र बाह्य पर्यटकको रोजाईको गन्तब्य बन्दै मुस्ताङ – फोटो फिचर
अ अ+ अ-

तस्वीरहरु- न्यूजपोलार 

मुस्ताङ । गण्डकी प्रदेशमा मुस्ताङ जिल्ला हिमशृङ्खलाभन्दा उत्तरपट्टि अवस्थित हिमालपारिको जिल्ला हो । धौलागिरि र नीलगिरि दुई अग्ला हिमशिखरहरुको बीचमा अवस्थित यो जिल्ला कागवेनी, मुक्तिनाथ मन्दिर, दामोदरकुण्ड हिन्दू र बौद्ध धर्मावलम्बीहरुको पावन भूमि, पवित्र कृष्णगण्डकी प्रवाहित हुने प्रकृतिको अनुपम दृश्य भएको, पर्यटनका लागि मनमोहक एवं सुन्दर रहेको छ ।

विशेषगरी थकाली, लोवा र गुरुङ समुदायको बसोबास रहेको यस जिल्लाका बहुसङ्ख्यक मानिसहरु बौद्ध धर्म मान्दछन् । परापूर्व कालमा नेपाल र तिब्बत बीचको व्यापारिक मुख्य नाका रहेको यो क्षेत्रको सभ्यता पुरातात्विक उत्खनन्बाट समेत ३००० वर्षभन्दा पुरानो रहेको पुष्टि हुन आएको छ । प्रकृति र संस्कृतिको धनी मुस्ताङ जिल्ला पर्यटकीय तथा धार्मिक दुष्टिकोणले जति प्रसिद्ध छ त्यतिकै जैविक विविधता र जडीबुटीका लागि प्रसिद्ध छ ।

मुक्तिनाथ हिन्दू तथा बौद्धमार्गीहरूका लागि एक महत्त्वपूर्ण तीर्थस्थल हो । यो तीर्थस्थल समुद्र सतहदेखि ३,७१० मीटरको उचाइमा नेपालको हिमालपारिको जिल्ला मुस्ताङ जिल्लामा अवस्थित छ । यस मन्दिरलाई हिन्दूहरूले मुक्ति क्षेत्र तथा बौद्धमार्गीहरूले तिब्बती भाषामा छुमिङ ग्यात्सा (जसको अर्थ हुन्छ ‘सय पानी’) भन्दछन् । तिब्बती बौद्धमार्गीहरूका २४ तान्त्रिक स्थानहरू मध्ये छुमिङ ग्यात्सा पनि एक हो । मुक्तिनाथ वैष्‍णव सम्प्रदायको पनि प्रमुख मन्दिरहरू मध्ये एक हो । यो तीर्थस्थल शालिग्राम भगवान्का लागि प्रसिद्ध रहेको छ । शालिग्राम वास्तवमा एउटा पवित्र शिला हो जसलाई हिन्दू धर्ममा पुजनिय मानिन्छ ।

यो मुख्यरूपमा कालिगण्डकी नदीमा पाइन्छ । जुन क्षेत्रमा मुक्तिनाथ अवस्थित छ त्यस ठाउँलाई मुक्तिक्षेत्रको नामले चिनिन्छ । हिन्दू धार्मिक मान्‍यताका आधारमा यो यस्तो क्षेत्र हो, जहाँ मानिसहरूलाई मुक्ति अथवा मोक्ष प्राप्‍त हुन्छ । मुक्तिनाथको यात्रा जटिल रहेको छ तैपनि हजारौँ संख्यामा हिन्दू धर्मावलम्बी यहाँ तीर्थ गर्नका लागि आउने गरेको पाइन्छ । यो हिन्दू धर्मको दुर्गम तीर्थस्थलमध्ये एक हो ।

मुक्तिनाथ क्षेत्र धार्मिक पर्यटनको प्रसिद्ध गन्तव्य हो । म्याग्दी हुँदै सडक मार्ग र पोखराबाट हवाईमार्ग भएर मुस्ताङ छिर्ने पर्यटकको सङ्ख्या बढी छ । यस्तै अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रामा निस्कने पर्यटक मनाङ हुँदै ‘थोरङ्लापास’ भएर मुस्ताङ आइपुग्छन् । मुस्ताङ छिर्ने अधिकांश पर्यटकले मुक्तिनाथ क्षेत्र घुम्छन् । तीमध्ये केहीले उपल्लो मुस्ताङको यात्रा तय गर्छन् ।

मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको कति हुन्छन् भन्ने यकिन तथ्याङ्क छैन । विदेशीको तुलनामा दोब्बर बढी नेपालीले मुस्ताङको भ्रमण गर्ने गरेको पाइन्छ । पछिल्लो समय घुम्ने संस्कृतिको विकास भएसँगै मुस्ताङ जाने आन्तरिक पर्यटकको पनि घुइँचो लाग्ने गरेको छ। मुक्तिनाथको तीर्थमा जानेदेखि पदयात्रामा रमाउने युवायुवतीको रोजाइमा मुस्ताङ पर्न थालेको हो ।

यहाँको मनोरम प्राकृतिक भूबनोट, हिमाली जनजीवन, मुस्ताङी सभ्यता र संस्कृतिले पर्यटकलाई लोभ्याउँछ । बर्सेनि पर्यटक बढेपछि मुक्तिनाथ क्षेत्रमा नयाँ होटल खुल्ने क्रम पनि बढ्दो छ । मुक्तिनाथ क्षेत्रमा रहेका होटलमा अधिकांश विदेशी पर्यटककले रात बिताउने गर्छन् । 

कतिपय पर्यटक भने छोटो समयमा मुक्तिनाथ घुमेर बास बस्न जोमसोम र अन्य ठाउँमा आइपुग्ने गर्छन् । यातायातको सहजताले पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको होटल व्यवसायी बताउँछन् ।