११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल

धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड

धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड
अ अ+ अ-

सुनसरी। धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि रु दुई अर्ब ७६ करोड १९ लाख २७ हजारबराबरको बजेट पारित गरेको छ ।

बिहीबार सम्पन्न १९औँ नगरसभाले सडक तथा भौतिक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, रोजगारी र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै बजेट पारित गरेको हो ।

धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले प्रस्तुत गर्नुभएको बजेटमा नगर कार्यपालिकातर्फ रु दुई अर्ब ४७ करोड ४८ लाख ३३ हजार र २० वटा वडा कार्यालयतर्फ रु २८ करोड ७० लाख ९४ हजार विनियोजन गरिएको छ ।

आन्तरिक राजस्वबाट रु एक अर्ब ४० करोड ९४ लाख ८८ हजार, सङ्घीय अनुदानबाट रु ८६ करोड १९ लाख, प्रदेश सरकार अनुदानबाट रु नौ करोड १६ लाख ४८ हजार, राजस्व बाँडफाँटबाट रु ३२ करोड ८८ लाख ९१ हजार, सडक बोर्डबाट रु एक करोड र गत वर्षको मौज्दातबाट रु सात करोड प्राप्त हुने अनुमान गरिएको कार्यवाहक नगरप्रमुख बेघाले बताउनुभयो ।

बजेटमा सहरी योजना तथा भौतिक पूर्वाधार विकासतर्फ रु ९९ करोड ५० लाख विनियोजन गरिएको छ । त्यसमध्ये खाल्डाखुल्डीमुक्त नगर कार्यक्रममा रु चार करोड, धरानको भानुचोक सौन्दर्यीकरण, स्थायी स्टेज निर्माणमा रु एक करोड र सभागृह निर्माणको लागि रु दुई करोड विनियोजन गरिएको छ ।

यस्तै, स्वास्थ्यतर्फ रु १२ करोड ४५ लाख, सशर्त अनुदानबाट रु नौ करोड ३३ लाख, धरान अस्पताल सञ्चालनका लागि रु दुई करोड र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गर्ने कार्यक्रमका लागि रु ५० लाख छुट्याइएको छ ।

शिक्षा, युवा तथा खेलकुदतर्फ रु ४९ करोड ८६ लाख ८२ हजार विनियोजन गरिएको छ । सङ्घ तथा प्रदेश सरकारको सशर्त अनुदानसहितको सो बजेटबाट शैक्षिक तथा खेलकुद कार्यक्रम सञ्चालन गरिने साथै एउटा सामुदायिक विद्यालयलाई स्कुल बस उपलब्ध गराउने कार्यक्रम बजेटमा समेटिएको छ ।

त्यसैगरी, सामाजिक विकासमा आन्तरिक स्रोतबाट रु १० करोड विनियोजन गरिएको छ । सुकुमवासी व्यवस्थापनमा रु ५० लाख, सिटी सफारी तथा ट्याम्पो चालकको दुर्घटना सहयोग कोष रु २० लाख, सडक मानव व्यवस्थापन, खेलकुद, बाँदर नियन्त्रणमा रु १० लाख, विपन्न परिवारका सदस्यको दाहसंस्कार साझेदारीका लागि रु १० लाख, लैङ्गिक समानता र समावेशीकरण कार्यक्रममा रु एक करोड पाँच लाख विनियोजन गरिएको छ ।

आर्थिक विकासमा रु छ करोड ८० लाख विनियोजन गरिएको छ । जसमध्ये सङ्कटग्रस्त सहकारी व्यवस्थापनका लागि रु पाँच करोड छुट्याइएको छ । वन, वातावरण, ऊर्जा तथा विपद् व्यवस्थापनतर्फ रु तीन करोड ९५ लाख ७५ हजार विनियोजन गरिएको छ । विपद् व्यवस्थापन कोषका लागि रु दुई करोड छुट्याइएको छ । बजेटमा कानुन तथा न्याय सम्पादनतर्फ आन्तरिक स्रोतबाट रु २० लाख विनियोजन भएको छ ।

यस्तै, धरानको खानेपानी चतरा कोशी नदीबाट पानी आपूर्ति गर्ने नेपाल सरकारको योजनामा साझेदारीका लागि रु तीन करोड ११ लाख आन्तरिक स्रोतबाट विनियोजन गरिएको कार्यवाहक नगरप्रमुख बेघाले बताउनुभयो । रासस