११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’
अ अ+ अ-

स्याङ्जा। स्याङ्जा को धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार हुन नसक्दा ओझेलमा पर्दै गएको छ ।

स्याङ्जाको गल्याङ नगरपालिका-१० छहरामा अवस्थित सिद्ध गुफाको धार्मिक एवं ऐतिहासिक महत्व हुँदाहुँदै पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो ।

धेरै वर्ष पहिले गाईगोरु हेर्न आएका गोठालाहरूले गुफा देखेपछि सिद्धको शक्तिका रूपमा यस ठाउँलाई सिद्धको थान मानी पूजाआजा गर्न थालिएको गल्याङ-१० सिद्ध गुफा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ९० वर्षीय पिताम्बर खनालले बताए ।

“गाईगोरु चराउन आएका गोठालाले पहाडको भित्रपट्टि रहेको गुफा पत्ता लगाएका थिए । उक्त गुफाभित्र अहिले पनि गाईका थुन, शङ्ख, मादल, मौलोलगायत विभिन्न आकृति स्पष्टसँग देख्न सकिन्छ”, उनले भने, “गुफाको बाहिरबाट छहरा झरिरहेको छ भने भित्रपट्टि विभिन्न आकृति छन् । यहाँ सिद्धको शक्ति रहेको धार्मिक मान्यतापश्चात् यस ठाउँमा शिव मन्दिर बनाएका छौँ ।”

सुरुमा स्थानीयले खरले छाएर सामान्य खालको मन्दिर बनाएर पूजाआजा गर्दै आएका थिए । विसं २०५६ मा स्थानीयको अगुवाइमा मन्दिरलाई व्यवस्थित बनाउनका लागि देउसीभैँलो खेलेर रकम सङ्कलन गरी हालको मन्दिर निर्माण गरिएको अध्यक्ष खनालले बताए । “पुरानो मन्दिरलाई संरक्षण र व्यवस्थित गर्न स्थानीयले देउसीभैँलो खेलेर रकम सङ्कलन गर्यौं”, उनले भने, “टाढाटाढा गएर रकम सङ्कलन गरी मन्दिर निर्माण गरेका हौँ ।”

सिद्ध गुफा मन्दिरको धार्मिक तथा ऐतिहासिक महत्व हुँदाहुँदै पनि समय अनुसार प्रचारप्रसार गर्न नसक्दा धार्मिक पर्यटकलाई मन्दिरसम्म पुर्‍याउन सकिएको छैन । मन्दिरमा विवाह, व्रतबन्ध, ग्रहशान्ति, सत्यनारायण पूजा, भजनकीर्तन हुने गरे पनि पछिल्लो समय गाउँघरमा युवापुस्ता नहुँदा पहिलाको जस्तो गतिविधि नहुने समितिका अध्यक्ष खनालले बताए । यहाँको धार्मिक महत्वकाबारेमा बुझाउन नसक्दा पनि धार्मिक पर्यटक आउनेक्रम बढ्न नसकेको उनले दाबी गरे ।

मन्दिरसम्म पुग्नका लागि रु दुई लाखको लागतमा पदमार्ग निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकार, वडा कार्यालय र स्थानीयको लागत साझेदारीमा गुफा परिसरमा पौवा निर्माण गरिएको वडाध्यक्ष मुक्तिप्रसाद खनालले जानकारी दिए । “यस ठाउँको धार्मिक महत्व हुँदाहुँदै पनि हामीले प्रचारप्रसार गर्न सकिरहेका छैनौँ”, उनले भने, “यहाँको धार्मिक महत्वका बारेमा प्रचारप्रसार गरेर आन्तरिक तथा बाह्य धार्मिक पर्यटक भित्र्याउन सकेमा यहाँ रोजगारी सिर्जना हुनुका साथै पर्यटकीय गतिविधि चलायमान हुनेछन् ।”

पहाडको भिरालो परेको खोँचमा एकान्त स्थानमा उक्त गुफा अवस्थित छ । प्राकृतिक छटाले सजिएको गुफामा पुगेपछि जोकोहीको पनि मन आनन्दित हुन्छ । यसको प्रचारप्रसार गर्न सकेको खण्डमा धार्मिकसँगै पर्यटकीय दृष्टिले पनि महत्व बढेर जाने स्थानीय बताउँछन् ।