११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

कामपाको स्रोत शिक्षकसँग कार्य सम्पादन करार सम्झौता

कामपाको स्रोत शिक्षकसँग कार्य सम्पादन करार सम्झौता
अ अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र शिक्षण सिकाइ प्रक्रियालाई थप व्यावहारिक र प्रभावकारी बनाउन ‘स्रोत शिक्षक’ हरूसँग कार्य सम्पादन करार सम्झौता गरेको छ ।

कामपा शिक्षा विभागका प्रमुख नमराज ढकालका अनुसार ‘स्रोत शिक्षक व्यवस्थापन कार्यविधि, २०८०’ का आधारमा सम्झौता गरिएको हो ।

स्रोत शिक्षकले आफ्नो कार्यक्षेत्रभित्रका विद्यालयको शिक्षण सिकाइ वातावरण सुधार गर्न मासिक तथा साप्ताहिक कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्नेछ । कामपाको शैक्षिक नीति र कार्यक्रमलाई विद्यालयस्तरमा प्रभावकारी रूपमा लागू गराउन सहजीकरण गर्ने, शिक्षकहरूको पेसागत विकासमा सहयोग गर्ने र विद्यालयका समस्या समाधानका लागि समन्वय गर्ने दायित्व स्रोत शिक्षकलाई प्रदान गरिएको प्रमुख ढकालले जानकारी दिनुभयो ।

स्रोत शिक्षकले आफ्नो पदाधिकार रहेको विद्यालयमा अनिवार्य रूपमा दैनिक न्यूनतम एक घण्टी कक्षा लिनुपर्नेछ । विद्यालय समयमा इहाजिरीमार्फत उपस्थिति जनाउनुपर्नेछ । स्रोत शिक्षकले तालिमलगायत कार्यक्रममा सहभागी भएर कक्षा लिन नसक्ने भएमा कामपाले सट्टा शिक्षकको व्यवस्था गर्नेछ ।

“सामुदायिक शिक्षाको गुणस्तरलाई प्रतिस्पर्धी बनाउन योजनाबद्ध शिक्षण सिकाइ र बालमैत्री वातावरण बनाउनु पर्छ । हामीलाई यो लक्ष्यमा रोकिने र मोडिने छुट छैन”, विभागीय प्रमुख ढकालले स्रोत शिक्षकसँग अपेक्षा राख्दै भन्नुभयो ।

कामपाले साविकमा भएका ११ वटा स्रोत केन्द्रलाई अहिले नौ वटामा कायम गरिएको छ । शान्ति निकुञ्ज मावि भगवतीबारी, टङ्गाल मावि टङ्गाल, जनप्रभात मावि कालीमाटी, पद्मकन्या मावि डिल्लीबजार, कोटेश्वर सरस्वती मावि कोटेश्वर, पशुपति मित्र मावि चाबहिल, गुह्ेश्वरी मावि सिनामङ्गल, शान्ति शिक्षा मन्दिर मावि ठँहिटी र तरुण मावि बालाजु स्रोत केन्द्र हुन् । रासस