२० भाद्र २०८३, शनिबार
,
Latest
निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोल्पा पहिरो अपडेटः बेपत्ता पाँच जनाको शव प्युठानमा भेटियो



अ+ अ-

रोल्पा। रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारा गाउँमा पहिरोमा परेर बेपत्ता भएका थप पाँच जनाको शव छिमेकी जिल्ला प्युठानमा भेटिएको छ । योसँगै  उक्त पहिरोमा परेर १० जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार थवाङ गाउँपालिका–५ कोटलबारा गाउँमा बुधबार राति  पहिरोमा परेर पाँच जना बेपत्ता भएका थिए ।

उनीहरुको शव  आज  छिमेकी जिल्ला प्युठानमा नदी किनारको विभिन्न क्षेत्रमा भेटिएको हो । शवको पहिचान भइसकेको छ ।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार पहिरोमा परेर बेपत्ता रोल्पाको थवाङ  गाउँपालिका–५ का ३८ वर्षीया जुनकुमारी पुन मगर, पाँच वर्षीय अशोक पुन मगर, ८० वर्षीय बलबहादुर पुन मगर, ६६ वर्षीया मनी पुन मगर र ३४ वर्षीय महेन्द्र घर्तीको शव भेटिएको हो ।

पहिरोमा परेर तीन जना अझै बेपत्ता रहेका प्रहरीले जनाएको छ । रासस