७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह News Polar भरतपुर अस्पताल : गत साउन र भदौमा १२२ जना सर्पदंशका बिरामी News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन

मधेस प्रदेशमा रगतको अभाव

मधेस प्रदेशमा रगतको अभाव
फाइल फोटो
अ+ अ-

जनकपुरधाम। रक्तदान गरेपछि कमजोर भइन्छ भन्ने नकारात्मक सोचका कारण मधेस प्रदेशमा रगतको अभाव देखिन थालेको छ ।

मधेस प्रदेशमा रगतको अभाव देखिएपछि आज जनकपुरधाममा  रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी जनकपुरधाम, उपमहानगरपालिका वडा नं १७ ले आज रक्तसञ्चार केन्द्रको समन्वयमा खुला रक्तदान कार्यक्रमको आयोजन गरेको हो ।

अन्तरराष्ट्रिय युवा दिवसको अवसर पारेर आयोजना गरिएको उक्त खुला रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गर्नुभएको  छ । रगतको अभावमा कसैले ज्यान गुमाउनु नपरोस् भने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
रास्वपा मधेस प्रदेश सङ्गठन विभाग उपप्रमुख अम्बुप्रसाद साहले सङ्कलन भएको रगत मधेस प्रदेश रक्तसञ्चार केन्द्रमा बुझाइने बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी धनुषाका अध्यक्ष पङ्कज महतोले एक सातादेखि रक्तसञ्चार केन्द्रमा रगतको अभाव देखिएको जानकारी दिनुभयो ।

“रक्तसञ्चार केन्द्रमा एक÷दुई पोका मात्र रगत छ, तर दैनिक ४०/५० जना बिरामी रगतका लागि आउने गरेका छन्”, अध्यक्ष महतोले भन्नुभयो, “बिरामीहरु जसरी पनि दिनुप¥यो भन्दै आउँछन्, तर रगत नभएपछि समस्या भइरहेको छ ।”

रक्तदाताको अभाव भएपछि मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामअन्तर्गतको प्रदेश रक्तसञ्चार केन्दमा पनि रगतको अभाव हुन थालेको छ ।

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका निर्देशक डा नागेन्द्र यादवका अनुसार प्रदेश रक्तसञ्चारमा हाल जम्मा ३० पोका रगत रहेको बताउनुभयो । रासस