११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

निर्यातभन्दा आयात पाँचगुणा बढी

निर्यातभन्दा आयात पाँचगुणा बढी
अ अ+ अ-

तनहुँ। गण्डकी प्रदेशको प्रवेशद्वार आँबुखैरेनीस्थित कृषि तथा पशुपक्षी नियमन इकाइबाट पछिल्लो छ महिनाको अवधिमा निर्यातभन्दा आयात पाँचगुणाले बढी भएको छ ।

इकाइबाट प्राप्त तथ्याङ्कअनुसार ५४२ मेट्रिकटन तरकारी तथा फलफूल निर्यात हुँदा दुई हजार ९०७ मेट्रिकटन आयात भएको कृषि विकास कार्यालय तनहुँका प्रमुख परशुराम अधिकारीले जानकारी दिनुभयो ।

उक्त अवधिमा २६६ मेट्रिकटन तरकारी निर्यात हुँदा एक हजार ५९६ मेट्रिकटन तरकारी आयात भएको छ । एक सय ९८ मेट्रिकटन फलफूल निर्यात हुँदा ७३८ मेट्रिकटन फलफूल आयात भएको छ । खाद्यान्नबालीतर्फ ७८ मेट्रिकटन निर्यात हुँदा ५७३ मेट्रिकटन आयात भएको छ । तनहुँ, गोरखा, कास्की, लमजुङले निर्यात गर्दा चितवन, धादिङ, गोरखा, मकवानपुर र नवलपुरले आयात गर्ने गरेका छन् ।

कार्यालयको तथ्याङ्कअनुसार तनहुँ हुँदै कृषिउपज मुख्य रूपमा गोरखा, कास्की र लमजुङ जिल्लामा निर्यात हुने गरेका छन् । विशेषगरी मौसमी तरकारी, फलफूल तथा स्थानीय उत्पादनको माग ती जिल्लामा रहेकाले निर्यात हुने गरेको अधिकारीको भनाइ छ ।

तनहुँ जिल्ला हुँदै चितवन, धादिङ, गोरखा, मकवानपुर र नवलपुर जिल्लाबाट आयात हुने गरेको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा पर्याप्त उत्पादन नहुने मौसममा तरकारी तथा फलफूल बाहिरी जिल्लाबाट भित्रिने गरेको अधिकारीले बताउनुभयो ।

अधिकारीका अनुसार तनहुँमा व्यावसायिक तरकारीखेती, सुन्तलाजात फलफूल, धान, मकै तथा अन्य खाद्यान्न उत्पादनमा कृषकको आकर्षण बढ्दै गएको छ । सिँचाइ, कृषि सडक, प्रविधि र बजार व्यवस्थापनमा थप सुधार गर्नसके जिल्लाको उत्पादन क्षमता अझ वृद्धि हुने सम्भावना रहेको उहाँको भनाइ छ ।

कृषि विकास कार्यालयले उत्पादन वृद्धि, व्यवसायीकरण तथा बजार पहुँच विस्तारका कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।

कृषकलाई अनुदान, प्राविधिक सेवा तथा आधुनिक खेती प्रविधि उपलब्ध गराउने कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नसके आगामी दिनमा आयात प्रतिस्थापनसँगै निर्यात वृद्धि गर्न सकिने विज्ञहरुको भनाइ छ । रासस