११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

राखेपको बोर्ड बैठकः १० औँ राष्ट्रिय खेलकुद आगामी मंसिरमा, एशियाली खेलकुदका लागि २१८ जनाको टुङ्गो

राखेपको बोर्ड बैठकः १० औँ राष्ट्रिय खेलकुद आगामी मंसिरमा, एशियाली खेलकुदका लागि २१८ जनाको टुङ्गो
अ अ+ अ-

काठमाडाैँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५ औँ बोर्ड बैठकले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय गरेको छ । बिहीवार सिंहदरबारमा बसेको बैठकले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय गरेको हो । प्रतियोगिता मंसिरको १६ गतेदेदि २९ गतेसम्म सुर्खेतमा हुने सञ्चालन गर्ने निर्णय भएको राखेपका सदस्यसचिव रामचरित्र मेहताले बताउनु भयो ।

बैठकमा युवा तथा खेलकुद मन्त्री, सातै प्रदेशका सदस्य सचिवहरू र परिषद्का सदस्यहरूको उपस्थिति रहेको थियो । बैठकले प्रतियोगिताका लागि आवश्यक मापदण्ड तथा निर्देशिकाहरू समेत पारित गरेको छ । यसैगरी, जापानमा आयोजना हुने १९ औँ एशियाली खेलकुदका लागि खेलाडी र अफिसियल गरी कुल २ सय १८ जनाको सहभागितालाई परिषद्ले अन्तिम सहमति दिएको छ ।

बैठकले खेलकुद क्षेत्रको प्रशासनिक सुधारका लागिसमेत केही महत्वपूर्ण निर्णयहरू गरेको छ । जसमा कर्मचारी व्यवस्थापन, आन्तरिक स्रोतको विनियोजन र चालु आर्थिक वर्षको बजेट प्रमाणीकरण जस्ता विषयहरू रहेका छन् । परिषद्को कार्यसम्पादनलाई थप प्रभावकारी र ऊर्जावान बनाउन यी निर्णयहरूले सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

त्यस्तै, नेपालमा पहिलो पटक ‘प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिता’ आयोजना गर्ने निर्णयसमेत बैठकले गरेको छ । उक्त प्रतियोगिता आगामी पुस १५ गतेदेखि शुरु हुने जानकारी दिनुभयो ।

बैठकमा अखिल नेपाल फुटबल संघ (एन्फा) मा देखिएको पछिल्लो विवाद र निलम्बनका विषयमा पनि छलफल भएको थियो । यस विषयमा परिषद्ले वस्तुस्थितिको जानकारी लिँदै निकासका लागि समन्वय र सहकार्य भइरहेको जनाएको छ । सरकार र परिषद्को तर्फबाट निकट भविष्यमै यस समस्याको उचित समाधान निकाल्ने गरी पहल भइरहेको प्रवक्ताले जानकारी दिनुभयो । –न्युज एजेन्सी नेपाल