२८ श्रावण २०८३, बिहीबार
,
Latest
सामाजिक सद्भाव कायम गर्न र महँगी नियन्त्रण गर्न सांसद विश्वकर्माको माग सांसद चन्दको प्रश्नः जनतालाई आधा सिलिण्डर ग्यास दिन नसक्नेले कुन नैतिकताले हामीसँग ३५ वर्षको हिसाव… आयुर्वेद चिकित्सा परिषदको अध्यक्षमा सिद्धार्थ कुमार ठाकुर नियुक्त शुन्य समयः प्रेस स्वतन्त्रता, महँगी र विकास आयोजनाका प्रभावबारे सरकारको ध्यानाकर्षण अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न सरकारलाई अर्थ समितिको निर्देशन कांग्रेसले भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन गर्ने नापजाँच सकिएको चार वर्षपछि भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा स्वदेश फर्किएलगत्तै देउवाले भने: शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ नागरिकलाई पर्याप्त खानेपानी उपलब्ध गराउन तीन तहको कार्ययोजना बनाउन निर्देशन स्थानीय तहमा बैंकको शाखा विस्तार गरेर मात्रै वित्तीय पहुँच नपुग्ने रहेछः अर्थसचिव उपाध्याय
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वदेश फर्किए पूर्वप्रधानमन्त्री देउवा,विमानस्थलमा कार्यकर्ताको भीड



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साढे पाँच महिनापछि स्वदेश फर्किएका छन् ।

देउवा बिहीबार दिउँसो करिब साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनी उपचारका लागि गत फागुनको दोस्रो साता बैंकक पुगेका थिए । त्यसपछि हङकङमा रहेका देउवा लामो समयपछि काठमाडौं फर्किएका हुन् ।

देउवा नेपाल फर्किएपछि उनलाई स्वागत गर्न कांग्रेसका संस्थापन इतर समूहका नेता तथा कार्यकर्ता विमानस्थल पुगेका थिए । विमानस्थलमा भेला भएका कार्यकर्ताले देउवाको समर्थनमा नाराबाजीसमेत गरेका थिए ।

यसअघि गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा देउवा गम्भीर घाइते भएका थिए । त्यसपछि उनी पत्नी आरजु राणा देउवासँगै उपचारका लागि कात्तिक १० गते राति सिंगापुर गएका थिए ।