१६ असार २०८३, मंगलवार
,
Latest
रास्वपाले अद्यावधिक केन्द्रीय सदस्यको अन्तिम नामावली सार्वजनिक, पूजा बास्तोला र ध्रुव थापा मगर थपिए दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो सुनको मूल्य एकैदिन तोलामा ४ हजार ५०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तो मध्यपूर्व युद्धविराम पछि श्रीलङ्कामा इन्धनको मूल्यमा गिरावट रुट इजाजत विवादमा ट्रक व्यवसायीको जित, सर्वोच्चद्वारा रिट जारी टोखा र पालुङटारको सहकार्य सुरु, रैथाने उत्पादनदेखि पर्यटन प्रवर्द्धनसम्म साझेदारी कालीमाटी बजारमा रायोको सागमा उच्च विषादी भेटियो, नष्ट गर्न निर्देशन विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ पहिराले कान्ति लोकपथ अवरुद्ध समृद्ध राष्ट्र निर्माणका लागि राज्यका तीनै अङ्गबीच समन्वय आवश्यकः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वबाट राष्ट्रिय एकता सुदृढ गर्न सघाउ पुग्छः राष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राजस्ता परम्परा एवम् सांस्कृतिक पर्वले सबै नेपालीबीच विविधतामा एकता, सामाजिक र सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गर्ने बताउनुभएको छ । इन्द्रजात्राका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले परम्परागत पर्वले आपसी समझदारी र बन्धुत्वको भावना विकसित भई राष्ट्रिय एकता सुदृढ गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सन्देशमा काठमाडौँ उपत्यकालगायत स्थानमा मनाइने धार्मिक–सांस्कृतिक महत्वको कुमारी इन्द्रजात्रा पर्वको शुभअवसरमा स्वदेश तथा विदेशमा रहने नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । ‘‘सांस्कृतिक धरोहरहरुको पारम्परिक निरन्तरता कायम राख्न सबै एक जुट हुन सकौँ ।

प्रकृतिप्रेमी इन्द्रसँग जोडिएको यस पर्वले प्रकृतिको संरक्षण र कृषिप्रधान मुलुकको समृद्धिमा टेवा पुगोस् साथै सबै नेपालीमा शान्ति छाओस् भनी इन्द्रजात्राको शुभकामना व्यक्त गर्दछु’’, उहाँले सन्देशमा भन्नुभएको छ ।