१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोटेनह्याम र लिभरपुलबीच बराबरी, म्यान्चेस्टरको स्थिति अझ सुदृढ



अ+ अ-

इङलिस प्रिमियर लिग अन्तरगत आइतबार राति भएको खेलमा टोटनह्याम र लिभरपुल बीचको खेल बराबरीमा टुंगिएको छ ।

यो बराबरीसँगै लिभरपुलले ४१ अंक जोडेको छ तर पहिलो स्थानमा रहेको म्यान्चेस्टरले न्यूकासल युनाइटेडलाई ४-० गोल अन्तरले पराजित गरेका कारण लिगमा पहिलो स्थानलाई अझ सुदृढ बनाएको छ । म्यान्चेस्टर सिटीको अब ४४ अंक भएको छ ।

लिभरपुल र टोटेनह्यामबीचको खेल रोमाञ्चक २–२ को बराबरीमा सकिएको थियो । टोटेनह्यामका लागि ह्यारी केनले पहिलो गोल गरेका थिए तर लिभरपुलका तर्फबाट डिएगो जोटोले बराबरी गोल फर्काएका थिए ।

त्यसपछि एन्ड्रयु रोबर्टसनको गोलको लिभरपुलले अग्रता लिएपनि टोटेनह्यामका लागि सन ह्युङ मिन सनले बराबरी गोल गरे । खेलको ७७औं मिनेटमा लिभरपुलका रोबर्टसनले रातोकार्ड पाएर मैदान छाड्नु परेको थियो ।

आइतबार नै भएको अर्को खेलमा शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले न्युकासल युनाइटेडलाई ४–० ले हराएको थियो ।

चेल्सी भने उल्भ्ससँग गोलरहित बराबरी भयो ।

अंक तालिका
१. म्यान्चेस्टर सिटी — ४४ अंक (१८ खेल)
२. लिभरपुल —- ४१ अंक (१८ खेल)
३. चेल्सी —– ३८ अंक (१८ खेल)
४. आर्सनल —– ३२ अंक (१८ खेल)
५. वेस्टह्याम  —– २८ अंक (१७ खेल)
६. म्यान्चेस्टर युनाइटेड —- २७ अंक (१६ खेल)

एजेन्सी