२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय

मतदाता नामावली सङ्कलन: चार लाख मतदाता थपिए

मतदाता नामावली सङ्कलन: चार लाख मतदाता थपिए
अ अ+ अ-

काठमाडौँ। निर्वाचन आयोगमा पहिलो चरणको मतदाता नामावली दर्ताअन्तर्गत करिब चार लाख नागरिक थपिएका छन् । निर्वाचन आयोगका अनुसार पुस २ गतेसम्म देशभरिबाट चार लाख सात हजारको नामावली दर्ता भएका छन् ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार पहिलो चरणमा ३१९ पालिकामा मतदाता नामावली दर्ता सकिएको छ । हिमाली जिल्लाको बाँकी रहेको पालिकामा मङ्सिर २९ गतेबाट नै दोस्रो चरणको नामावली दर्ता सुरु भइसकेको छ ।

हिमाली जिल्लाका पालिकाहरूमा पुस ९ गते नामावली दर्ताको विशेष अभियान सकिने छ । मङ्सिर १७ गतेदेखि निर्वाचन आयोगले देशैभरिको पालिकामा पुुगेर मतदाता नामावली दर्ता विशेष अभियान सञ्चालन गरेको थियो । पहिलो चरणमा हिमाली जिल्लामा मङ्सिर १७ गते सुरु भई २७ गतेसम्म नामावली दर्ता भएको थियो । दोस्रो चरणमा हाल ३१८ पालिकामा मतदाता नामावली दर्ता कार्यक्रम भइरहेको निर्वाचन आयोगले जनाएको छ । तराई मधेसका अधिकांश पालिकाले भने म्याद थप्न आग्रह गरेका छन् । आयोगका प्रवक्ता पौडेलले विशेष अभियान अतिरिक्त इलाका प्रशासन, जिल्ला प्रशासन र निर्वाचन कार्यालयमा चुनावको घोषणा नभएसम्म मतदाता नामावली दर्ता कार्यक्रम जारी नै रहने भएकाले छुटेका उम्मेदवारलाई पायक पर्ने स्थानमा गएर दर्ता गराउन आग्रह गर्नुभएको छ ।

प्रवक्ता पौडेलले भन्नुुभयो, “नामावली दर्ता वर्षैभरि जारी रहने स्थानमा पुुग्न असमर्थ हुने तथा चुनावलाई दृष्टिगत गरी विशेष अभियान चलाइएको छ, अब दर्ता नै नहुने भने हैन ।” प्रवक्ता पौडेलले भन्नुभयो, “तराई मधेस, भित्री मधेस र उपत्यकाका पालिकामा मङ्सिर १७ गते सुरु भई पुस २ गते पहिलो चरणको नामावली दर्ता सम्पन्न भएको छ । ” आइतबारबाट तराई मधेस, भित्री मधेस र उपत्यकाका पालिकामा मतदाता नामावली दर्ताको दोस्रो चरणको कार्य सुरु भएको छ ।निर्वाचन आयोगले भने विशेष अभियान सकिए पनि ‘आउट  डिस्ट्रिक्ट रजिस्ट्रेसन’ जारी रहने प्रस्ट्याएको छ । “तर ओडीआर जिल्ला निर्वाचन कार्यालयबाट मात्र हुनेछ,” आयोगका प्रवक्ता पौडेलले बताउनुभयो ।

कुल ७३ इलाका प्रशासन, ७७ जिल्ला प्रशासन र ७७ जिल्ला निर्वाचन कार्यालय रहेको पालिकामा भने नामावली दर्ताको विशेष अभियान चलाइएको छैन । विशेष अभियान पुस २० गते सकिनेछ । आयोगको मतदाता नामावली दर्ता कार्यक्रम तीनवटै कार्यालयमार्फत जारी रहने आयोगले जनाएको छ । आयोगले विशेष अभियानमार्फत करिब १० लाख मतदाता थपिने अनुमान गरेको छ । आयोगले १६ वर्ष उमेर पुुगेका नेपाली नागरिक मतदाता नामावली दर्ता अभियानमा विवरण सङ्कलन गर्दैछ तर आयोगले तोकेको मितिमा १८ वर्ष उमेर पूूरा गर्ने व्यक्ति मात्रै मतदानका लागि योग्य हुनेछन् । आयोगको गत चैत्त महिनाको तथ्याङ्क बमोजिम नेपालमा हाल एक करोड ६२ लाख ४३ हजार ११० जना मतदाता कायम छन् ।

(गाेरखापत्र दैनिकमा समाचार छ)