
काठमाडौँ । देशभर पछिल्लो २४ घन्टामा थप ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९८१ वटा नमुना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा १८९ जना संक्रमणमुक्त भएका छन् ।
शुक्रबार कोरोनाबाट एकजनाको मृत्यु भएको छ ।