४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

‘सत्तारूढ दलले गुण्डागर्दी नरोके काँग्रेसले सशक्त प्रतिकार गर्छ’ – सभापति देउवा

‘सत्तारूढ दलले गुण्डागर्दी नरोके काँग्रेसले सशक्त प्रतिकार गर्छ’ –  सभापति देउवा
अ+ अ-

राजतन्त्र अब फर्कदैन

कोहलपुरः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट गुण्डागर्दी तत्काल नरोकिए काँग्रेसले सशक्त प्रतिकार गर्ने बताउनुभएको छ ।

‘जागरण अभियान’ अन्तर्गत शनिबार कोहलपुरमा आयोजित कार्यकर्ता भेला तथा सम्वाद कार्यक्रममा उहाँले केही दिनअघि नेकपा निकट कार्यकर्ताले गुण्डागर्दी शैलीमा आक्रमण गरेर अप्रजातान्त्रिक गतिविधि मच्चाउने गुण्डालाई प्रशासनले तत्काल पक्राउ गर्नुपर्नेमा जोड दिनुभयो ।

सभापति देउवाले केही दिनअघि बाँकेको खजुरामा नेपाली काङ्ग्रेसले गरेको जागरण कार्यक्रममा गुण्डागर्दी शैलीमा प्रवेश गरेर आक्रमण गर्दै काङ्ग्रेस बाँके सभापति किरण कोइरालाको हात भाँच्ने नेकपा कार्यकर्ताहरुको विरुद्धमा जाहेरी दिँदा पनि प्रहरीले यो घटनालाई गम्भीरताका साथ नलिएको आरोप लगाउनुभयो ।

“यदि प्रशासनले यो घटनालाई गम्भीरतापूर्वक नलिए राजनीतिक आडमा अप्रजातान्त्रिक गतिविधि गर्ने तत्वलाई ठेगान लगाउन काङ्ग्रेस तयार छ”, उहाँले भन्नुभयो, “प्रहरी प्रशासन कुनै पनि राजनीतिक दल निकटको नभई आफ्नो उत्तरदायित्व बहन गर्नतर्फ लाग्नुपर्छ ।”

सभापति देउवाले जनताको करबाट पारिश्रमिक बुझ्ने प्रहरी अधिकृत तथा सिडियोले संविधान र ऐन बमोजिम कार्यसम्पादन गर्नुपर्छ भन्दै बाँके घटनामा संलग्नलाई कारवाही नभएसम्म काङ्ग्रेस कडा रुपमा प्रतिवाद गर्ने चेतावनी दिनुभयो ।

सो घटनाका सम्बधमा नेपाल कम्युनिष्ट पार्टी बाँकेले प्रेस विज्ञप्ति प्रकाशित गरी घटनालाई राजनीतिकरण नगर्न आग्रह गरिएको छ ।

राजतन्त्र फर्काउन सम्भव छैन: सभापति देउवा

यसैबीच, दाङकाे तुल्सीपुरमा नेपाल प्रेस युनियन दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बाेल्दै सभापति शेरबहादुर देउवाले नेपालमा अब कुनै पनि हालतमा राजतन्त्र फर्किन नसक्ने बताउनुभएको छ । उहाँले ठूलो संघर्षबाट फालिएको राजन्त्र फेरि फर्कन्छ भन्नु गलत भएको बताउनुभयो ।

“कुनै पनि हालतमा राजतन्त्र फर्किदैन”, उहाँले भन्नुभयो, “यो हल्ला मात्रै हो ।”

एनसेल र वाइडबडीका विषयमा आफ्नो नाम जोडिएको प्रति आपत्ति जनाउँदै सभापति देउवाले भन्नुभयो, “एनसेलको मैले नाम पनि सुनेको छैन । वाइडबडीका विषयमा पहिलो पटक कुरा उठाउने म नै हुँ ।”

अर्को फरक प्रसङ्गमा सभापति देउवाले दाङमा उचित संरचना नहुँदा प्रदेश नं ५ को अस्थायी राजधानी बुटवल तोकिएकोसमेत बताउनुभयो । “दाङमा राम्रा भवन छैनन्”, उहाँले भन्नुभयो, “मुख्यमन्त्री दाङकै हुनुहुन्छ यो विषयमा उहाँलाई नै सोध्नुस् ।”