• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ आज ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र भुसाल भिड्दै ★   रास्वपाले गर्‍यो महामन्त्री ढकाललाई निलम्बन, बुर्लाकोटीलाई कार्यवाहकको जिम्मेवारी, प्रवक्तामा मनिष ★   पार्टीमा बस्ने वातावरण छैन भन्दै निस्किए महामन्त्री ढकाल ★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन

‘सत्तारूढ दलले गुण्डागर्दी नरोके काँग्रेसले सशक्त प्रतिकार गर्छ’ – सभापति देउवा



राजतन्त्र अब फर्कदैन

कोहलपुरः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट गुण्डागर्दी तत्काल नरोकिए काँग्रेसले सशक्त प्रतिकार गर्ने बताउनुभएको छ ।

‘जागरण अभियान’ अन्तर्गत शनिबार कोहलपुरमा आयोजित कार्यकर्ता भेला तथा सम्वाद कार्यक्रममा उहाँले केही दिनअघि नेकपा निकट कार्यकर्ताले गुण्डागर्दी शैलीमा आक्रमण गरेर अप्रजातान्त्रिक गतिविधि मच्चाउने गुण्डालाई प्रशासनले तत्काल पक्राउ गर्नुपर्नेमा जोड दिनुभयो ।

सभापति देउवाले केही दिनअघि बाँकेको खजुरामा नेपाली काङ्ग्रेसले गरेको जागरण कार्यक्रममा गुण्डागर्दी शैलीमा प्रवेश गरेर आक्रमण गर्दै काङ्ग्रेस बाँके सभापति किरण कोइरालाको हात भाँच्ने नेकपा कार्यकर्ताहरुको विरुद्धमा जाहेरी दिँदा पनि प्रहरीले यो घटनालाई गम्भीरताका साथ नलिएको आरोप लगाउनुभयो ।

“यदि प्रशासनले यो घटनालाई गम्भीरतापूर्वक नलिए राजनीतिक आडमा अप्रजातान्त्रिक गतिविधि गर्ने तत्वलाई ठेगान लगाउन काङ्ग्रेस तयार छ”, उहाँले भन्नुभयो, “प्रहरी प्रशासन कुनै पनि राजनीतिक दल निकटको नभई आफ्नो उत्तरदायित्व बहन गर्नतर्फ लाग्नुपर्छ ।”

सभापति देउवाले जनताको करबाट पारिश्रमिक बुझ्ने प्रहरी अधिकृत तथा सिडियोले संविधान र ऐन बमोजिम कार्यसम्पादन गर्नुपर्छ भन्दै बाँके घटनामा संलग्नलाई कारवाही नभएसम्म काङ्ग्रेस कडा रुपमा प्रतिवाद गर्ने चेतावनी दिनुभयो ।

सो घटनाका सम्बधमा नेपाल कम्युनिष्ट पार्टी बाँकेले प्रेस विज्ञप्ति प्रकाशित गरी घटनालाई राजनीतिकरण नगर्न आग्रह गरिएको छ ।

राजतन्त्र फर्काउन सम्भव छैन: सभापति देउवा

यसैबीच, दाङकाे तुल्सीपुरमा नेपाल प्रेस युनियन दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बाेल्दै सभापति शेरबहादुर देउवाले नेपालमा अब कुनै पनि हालतमा राजतन्त्र फर्किन नसक्ने बताउनुभएको छ । उहाँले ठूलो संघर्षबाट फालिएको राजन्त्र फेरि फर्कन्छ भन्नु गलत भएको बताउनुभयो ।

“कुनै पनि हालतमा राजतन्त्र फर्किदैन”, उहाँले भन्नुभयो, “यो हल्ला मात्रै हो ।”

एनसेल र वाइडबडीका विषयमा आफ्नो नाम जोडिएको प्रति आपत्ति जनाउँदै सभापति देउवाले भन्नुभयो, “एनसेलको मैले नाम पनि सुनेको छैन । वाइडबडीका विषयमा पहिलो पटक कुरा उठाउने म नै हुँ ।”

अर्को फरक प्रसङ्गमा सभापति देउवाले दाङमा उचित संरचना नहुँदा प्रदेश नं ५ को अस्थायी राजधानी बुटवल तोकिएकोसमेत बताउनुभयो । “दाङमा राम्रा भवन छैनन्”, उहाँले भन्नुभयो, “मुख्यमन्त्री दाङकै हुनुहुन्छ यो विषयमा उहाँलाई नै सोध्नुस् ।”