४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

बालबालिकाले साेधे राष्ट्रपतिलाई प्रश्नै प्रश्न …

बालबालिकाले साेधे राष्ट्रपतिलाई प्रश्नै प्रश्न …
अ+ अ-

बालबालिकाको जिज्ञासाको शनिबार उत्तर दिँदै राष्ट्रपति भण्डारी राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवन शीतल निवासमा । तस्बिरःप्रदीपराज वन्त

काठमाडौँः राष्ट्रपति कार्यालय शीतल निवासको सभाहलमा बालबालिकाहरु राष्ट्रपतिको व्यग्र प्रतिक्षामा थिए । राष्ट्रपति विद्यादेवी भण्डारी आउनुभएपछि राष्ट्रियगान बज्यो । त्यसपछि बालकहरु समिर बस्याल, प्रकाश नेपाली, सवीन तामाङ, राम भण्डारी र शिव रावलले राष्ट्रपतिलाई बाल गीतले स्वागत गरे ।

राष्ट्रपति भण्डारीसँग बालबालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयद्वारा राष्ट्रिय बाल दिवसका अवसरमा शनिबार राष्ट्रपति कार्यालयमा आयोजित बालबालिकासँग राष्ट्रपति प्रत्यक्ष भेटघाट कार्यक्रमपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग सामूहिक तस्बिर खिचाउँदै कार्यक्रममा सहभागी बालबालिका । तस्बिरःप्रदीपराज वन्त,रासस

‘सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार’ भन्ने मूल नारासहित मनाउन लागिएको ‘राष्ट्रिय बाल दिवस–२०७६’ को अवसरमा शनिबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आयोजित “बालबालिकासँग राष्ट्रपति” कार्यक्रममा बालबालिकाले राष्ट्रपतिसँग आफ्ना जिज्ञासा राख्न शुरु गरे ।

शुरुमा झापाकी प्रेनुषा पाण्डेले जिज्ञासा राखिन राष्ट्रपतिज्यू हजुरको बाल्यकाल कसरी बित्यो ? राष्ट्रपतिले भन्नुभयो, “मेरो बाल्यकाल फरक थियो, अहिलेको समय धेरै फरक छ, त्यतिबेला आजभन्दा करीब ६० वर्ष पहिला बालबालिकाको लागि धेरै कुराहरु सोचिएको थिएन । त्यति बेलाको समय, देश, काल परिस्थिति, हाम्रो देशको चेतनास्तर, समाज सबै कुराले फरक थियो । त्यो अवस्था र अहिले हेर्ने हो भने धेरै सकारात्मक परिवर्तन आएको छ ।”

राष्ट्रपति भण्डारीले आफू नेपालको राष्ट्रपति निर्वाचित भएपछि २० वर्षपछि आफ्नो माइती गाउँ भोजपुर पुगेको सुनाउनुभयो । राष्ट्रपति भण्डारीले करीब ३५-३६ सालमा गाउँ छोडेको र विद्यालय पढ्ने समयमा बाटोघाटोको समस्या भएको , जङ्गल र पुल नभएको खोला पार गर्नुपर्ने अवस्था रहेको सुनाउनुभयो ।

उहाँले आफू विद्यालय अध्ययन गर्ने क्रममा कत्ति पनि सूचना, सञ्चार प्रविधिको विकास नभएको र अहिलेका विद्यार्थीको हातहातमा मोबाइल भएको प्रसङ्ग ल्याउनुभयो । “त्यतिबेला त साँझ परेपछि बत्ती हुँदैन थियो, सानो टुक्की बाल्ने हो त्यो पनि मट्टितेल नभएर कहिले तोरीको तेलमा बत्ती बालेर पढिन्थ्यो । तर अहिले तपाईहरुले पनि मैले भोगेको केही अंश भोगिरहुभएको जस्तो लाग्छ” राष्ट्रपति भण्डारीले भन्नुभयो ।

त्यतिबेला अक्षर चिन्ह गाहो थियो, तपाईहरुले कलम कपीबाटै अक्षर चिन्नुभयो होला, मैले भने पहिलो चोटी अक्षर लेख्दाखेरी रातो माटो धुलो बनाएर काठको फलेकमा सिन्कोले कोरेर हजुर बुबाले लेख्न सिकाइदिनुभएको थियो उहाँले थप्नुभयो “पछि विस्तारै विद्यालय खोलेर शिक्षकहरु राखेर पढाइहुन्थ्यो । हामी एकदमै विकट क्षेत्रबाट हुर्केर आएको हो, त्यसैले यहाँको भौगोलिक अवस्था र जनताको दुःख मलाई राम्रैसँग थाहा छ, मैले त्यो महसुस गरेको छु ।”

त्यसपछि राष्ट्रपति भण्डारीले बालबालिकाले राखेको अर्को जिज्ञासाको प्रसङ्ग ल्याउँदै पहिलेदेखि गाउँगाउँमा शिक्षा र स्वास्थ्यको समस्या थियो दुई छाक खान नपाउनेले पाउनुपर्छ भन्ने थियो परिवर्तन हुनुपर्छ भन्ने मलाई लागेको थियो तर मैले कहिल्यै म यो पदमा हुन्छु भनेर कल्पना गरेको थिइन भन्नुभयो ।

उहाँले थप्नुभयो, “ कल्पना नगरेपनि त्यसमा लाग्दै जाँदा समय र परिस्थितिले यो ठाउँमा पुगँे त्यो हिसाबले खुसी लाग्छ कि नेपाली जनताको घरमा हुर्केको एउटा छोरी मान्छे भएर । ” उहाँले आफ्नो पालामा आफ्नो घर छोराछोरीबीच खासै विभेद नभएपनि बाबुहरुको पालामासम्म भने विभेद भएको बालबालिकालाई सुनाउँदै आफ्नो पालामा गाउँकी छोरी मान्छे हाइस्कुल गएको सायद पहिलो आफू मात्रै भएको सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “त्यसपछि सबै जनाले विस्तारै पढ्न शुरु गरे । केही बनिन्छ भन्ने कुनै आकांक्षा भने थिएन । गाउँमा औषधि उपचार नपाएर मान्छेहरु मरिरहेको देखेपछि देश बन्नुपर्छ भन्ने थियो ।” बालिका सम्झना गोराथोकीले राखेको जिज्ञासामा राष्ट्रपति भण्डारीले बालबालिका भनेको देशको एउटा निर्णयक जनशक्ति भएको र भोलि देश समाल्ने नेतृत्वकर्ता भएको बताउनुभयो । त्यसैले राष्ट्रको सम्पूर्ण ध्यान बालबालिकाको उज्यालो भविष्यतर्फ केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ ।

उहाँले बालबालिकाको सवालमा राज्यको जति जिम्मेवारी छ त्यति नै गैरसरकारी क्षेत्र र अभिभावकको पनि हुनुपर्नेमा जोड दिनुभयो । उहाँले राज्यले बालबालिकाको अभिभावकत्व लिन्छ तर त्यसलाई सही सदुपयोग गर्ने भूमिका अभिभावकले निभाउनुपर्छ भन्नुभयो । निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई अभिभावकले जति समय दिएका हुन्छन् सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई समयनै दिँदैनन् भन्दै उहाँले सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराउनुभयो ।

कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बालबालिकासम्बन्धी ऐन, २०७५ को प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।