लन्डन — इंग्लिस प्रिमियर लिगमा लिभरपुलले लगातार जित हासिल गरेर अग्रस्थानमा रहेकाे छ । शनिबार न्युकासललाई ३–१ ले पराजित गरेको लिभरपुलले सिजनको प्रिमियर लिगको पाँचै खेल जितेर शीर्षस्थानमा छ ।
गत सिजनमा दाेस्राे स्थानमा चित्त बुझाएकाे लिभरपुल यसवर्ष लिग उपाधि जित्ने दाैडमा रहेकाे देखिन्छ । यद्यपी, गत वर्षकाे डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीले पनि राम्राे सुरूवात गरेकाे छ ।
जेट्रो विलियम्सले सातौं मिनेटमा नै न्युकासललाई स्तब्धपूर्ण अग्रता दिलाए पनि साडियो मानेले पहिलो हाफमै दुवै गोल गरी लिभरपुललाई खेलमा फर्काए ।
न्युकासलका गोलरक्षक मार्टिन डुभ्राकाले गल्ती गर्दा मानेले दोस्रो गोल सजिलै गरेका थिए । रोबर्टो फिर्मिनोको ब्याकहिल पासमा मोहम्मद सलाहले ७२ औं मिनेटमा तेस्रो गोल गर्दै लिभरपुलको विजय निश्चित गरे ।
यसैगरी अन्य खेलमा म्यान्चेस्टर युनाइटेडले लेस्टरलाइ, टाेटेनह्यामले क्रिस्टल प्यालेस, साउथह्याम्प्टनले सेफिल युनाइटेड, चेल्सीले उल्भ्सलाइ पराजित गरेका छन् भने ब्राइटन र बर्नलीबीचकाे खेल बराबरीमा सकियाे ।
शनिबार राति नै म्यान्चेस्टर सिटी र नर्विचबीच खेल हुँदैछ ।