१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगमा लिभरपुलको प्रभावशाली जित, म्यान्यु, चेल्सी र टाेटेनह्याम पनि विजयी



अ+ अ-

लन्डन — इंग्लिस प्रिमियर लिगमा लिभरपुलले लगातार जित हासिल गरेर अग्रस्थानमा रहेकाे छ । शनिबार न्युकासललाई ३–१ ले पराजित गरेको लिभरपुलले सिजनको प्रिमियर लिगको पाँचै खेल जितेर शीर्षस्थानमा छ ।

तस्वीरः एपी

गत सिजनमा दाेस्राे स्थानमा चित्त बुझाएकाे लिभरपुल यसवर्ष लिग उपाधि जित्ने दाैडमा रहेकाे देखिन्छ । यद्यपी, गत वर्षकाे डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीले पनि राम्राे सुरूवात गरेकाे छ ।
जेट्रो विलियम्सले सातौं मिनेटमा नै न्युकासललाई स्तब्धपूर्ण अग्रता दिलाए पनि साडियो मानेले पहिलो हाफमै दुवै गोल गरी लिभरपुललाई खेलमा फर्काए ।
न्युकासलका गोलरक्षक मार्टिन डुभ्राकाले गल्ती गर्दा मानेले दोस्रो गोल सजिलै गरेका थिए । रोबर्टो फिर्मिनोको ब्याकहिल पासमा मोहम्मद सलाहले ७२ औं मिनेटमा तेस्रो गोल गर्दै लिभरपुलको विजय निश्चित गरे ।

यसैगरी अन्य खेलमा म्यान्चेस्टर युनाइटेडले लेस्टरलाइ, टाेटेनह्यामले क्रिस्टल प्यालेस, साउथह्याम्प्टनले सेफिल युनाइटेड, चेल्सीले उल्भ्सलाइ पराजित गरेका छन् भने ब्राइटन र बर्नलीबीचकाे खेल बराबरीमा सकियाे ।

शनिबार राति नै म्यान्चेस्टर सिटी र नर्विचबीच खेल हुँदैछ ।