२६ श्रावण २०८३, मंगलवार
,
Latest
गोसाइँकुण्ड मेला व्यवस्थापन तयारी सुरु सुरक्षा, न्याय र सुशासनको अवस्था नाजुक छ : सांसद राई नेकपा सांसद शर्माले प्रधानमन्त्री साहलाई भने–‘गुप्तवास’ छोडेर संसदको सामना गर्नुस् सभामुखलाई एमाले सांसदले भने: प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर अभिव्यक्ति फिर्ता लिने सम्भावना छैन, तपाईं पहल गरिदिनुस् गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बागमती प्रदेशका विभिन्न गन्तव्यको अवलोकन प्रधानमन्त्रीको कार्यशैली र सरकारको कार्यसम्पादनप्रति काँग्रेस सांसद स्वाँरको आलोचना सरकारी अभिलेख नष्ट हुन नदिन डिजिटलाइजेसन गर्दैछौँः अर्थमन्त्री डा वाग्ले अवैध नदी उत्खनन गर्नेहरु प्रहरी नियन्त्रणमा गुरुङ समुदायद्वारा ट्होटेँ मनाइँदै आज ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मोबिलिटी फर अल’ को लक्ष्यसहित नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरूः नीतिगत स्थिरता र पूर्वाधारमा जोड



अ+ अ-

काठमाडाैँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) को आयोजनामा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को दोस्रो संस्करण मंगलवारदेखि भृकुटीमण्डपमा शुरु भएको छ ।

एक्स्पोको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले नेपालको अटोमोबाइल क्षेत्रलाई मर्यादित, व्यावसायिक र जिम्मेवार बनाउन संस्था प्रतिवद्ध रहेको बताउनु भयो ।

एक वर्षअघि २१ सदस्य कम्पनीबाट शुरु भएको नाइमामा हाल ३६ कम्पनी आवद्ध भइसकेको जानकारी दिँदै उहाँले यसले उद्योगको साझा उद्देश्यप्रतिको विश्वास दर्शाएको उल्लेख गर्नुभयो ।

अध्यक्ष वैद्यले यातायात (मोबिलिटी) लाई केवल विलासिता वा सरकारी राजश्वको माध्यमका रूपमा मात्र नहेर्न आग्रह गर्नुभयो । नेपाल स्वच्छ र दिगो यातायातको भविष्यतर्फ अघि बढिरहेको सन्दर्भमा अध्यक्ष वैद्यले सरकारको हरित अर्थतन्त्रको लक्ष्यलाई नाइमाले पूर्ण समर्थन गर्ने बताउनु भयो ।

विद्युतीय सवारी साधनसँगै हाइब्रिड र अन्य उदयमान प्रविधिहरूको वर्गीकरण, कर प्रणाली र परीक्षणमा स्पष्टता ल्याउन सरकार र निजी क्षेत्रबीच प्राविधिक बुझाइमा एकरूपता हुनुपर्नेमा उहाँले जोड दिनुभयो । निजी क्षेत्रले नीतिगत स्थिरता र पूर्वानुमान योग्य नीतिको अपेक्षा गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यातायात नागरिकको शिक्षा, स्वास्थ्य, रोजगारी र बजारसँगको पहुँच जोड्ने आधारभूत आवश्यकता हो । यसैले हाम्रो मुख्य लक्ष्य मोबिलिटी फर अल (सबैका लागि सहज यातायात) हुनुपर्छ । बारम्बार परिवर्तन हुने नीति र अस्पष्ट व्याख्याले लगानीकर्तामा अन्योल सिर्जना गर्छ । सरकारले कुनैपनि नयाँ नीति वा नियम ल्याउनुअघि सरोकारवालाहरूसँग अनिवार्य परामर्श गर्नुपर्छ ।’

उहाँले नेपालमा सवारी साधन एसेम्बली र सहायक उद्योगहरूको प्रवद्र्धनका लागि दीर्घकालीन रणनीतिक खाका आवश्यक रहेको औंल्याउनु भयो । साथै, ब्याट्री रिसाइक्लिङ नीति, इथानोल ब्लेन्डिङको सम्भाव्यता र अत्याधुनिक सवारी परीक्षण केन्द्रको स्थापनाका लागि सरकारसँग सहकार्य गर्न नाइमा तयार रहेको जानकारी दिनुभयो ।

६ दिनसम्म चल्ने यस एक्स्पोमा ५५ वटा ब्राण्डका सवारी साधनहरू प्रदर्शनीमा राखिएका छन् भने ४० वटा नयाँ मोडेलहरू सार्वजनिक गरिने कार्यक्रम छ । प्रदर्शनीका साथै ‘मोबिलिटी संवाद’ मार्फत वैदेशिक लगानी, एआईको प्रयोग, ब्याट्री रिसाइक्लिङ र उद्यमशीलताजस्ता विषयमा विज्ञहरूबीच छलफल हुनेछ ।