१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

प्रदेशको बजेट आधा मात्रै खर्च

प्रदेशको बजेट आधा मात्रै खर्च
अ अ+ अ-

प्रदेश १
बजेटः ३५ अर्ब ९३ करोड ६० लाख
खर्च: २१ अर्ब २४ करोड ११ लाख
चालू खर्च
बजेट : १७ अर्ब ५ करोड ८५ लाख
खर्च स् ९ अर्ब ७९ करोड ७३ लाख

पुँजीगत खर्च
बजेट : १८ अर्ब ८७ करोड ७४ लाख
खर्च : ११ अर्ब ४४ करोड ३७ लाख

अन्य प्रदेशभन्दा हामी अगाडि नै छौँ स् इन्द्रबहादुर आङ्बो, आर्थिक
मामिला तथा योजनामन्त्री, प्रदेश १

खर्च गर्ने संरचना र कर्मचारी अभावमा पहिलो वर्षमा ६० प्रतिशत बजेट खर्च हुनु नराम्रो प्रगति होइन । संघ र अन्य प्रदेशभन्दा हामी अगाडि नै रह्यौँ । यद्यपि, गत वर्ष हतारमा पनि बजेट खर्च गर्नुपर्ने अवस्था थियो । तर, चालू वर्षमा परिणाममुखी उपलब्धि हासिल हुने गरी बजेट खर्चको क्यालेन्डर बनाएका छौँ, शतप्रतिशत खर्च गर्नेछौँ ।

प्रदेश २
बजेट : २९ अर्ब ७८ करोड ६९ लाख
खर्च : १५ अर्ब १५ करोड ५७ लाख

चालू खर्च
बजेट : १४ अर्ब ८२ करोड ५६ लाख
खर्च : ६ अर्ब ६९ करोड ३ लाख

पुँजीगत खर्च
बजेट : १४ अर्ब ९६ करोड १३ लाख
खर्च : ८ अर्ब ४६ करोड ५४ लाख

कर्मचारी र कानुनको अभावले खर्च कम भयो स् विजय यादव, आर्थिक
मामिला तथा योजनामन्त्री, प्रदेश २

बजेट खर्च गर्ने वेलामा कर्मचारीको अभाव भयो । बजेट कार्यान्वयन कर्मचारीमा निर्भर हुन्छ, कर्मचारी नै नभएपछि बजेट कसरी कार्यान्वयन हुन्छ रु कानुनको अभावमा पनि खर्च भएन । प्रदेश सरकार आफैँ पनि नयाँ ऐन–कानुन बनाउने काममा व्यस्त हुनुप¥यो । त्यसले पनि समस्या भयो ।

प्रदेश ३
बजेट : ३४ अर्ब २ करोड ६४ लाख
खर्च : २० अर्ब ६५ करोड ७२ लाख

चालू खर्च
बजेट : १३ अर्ब ७५ करोड ४१ लाख
खर्च : ११ अर्ब १० करोड

पुँजीगत खर्च
बजेट : २० अर्ब २७ करोड २२ लाख
खर्च : ९ अर्ब ५५ करोड ७१ लाख

चालू वर्षमा ९० प्रतिशत बजेट खर्च गर्छौँ स् कैलाशप्रसाद ढुंगेल, आर्थिक
मामिला तथा योजनामन्त्री, प्रदेश ३

सरकार गठनको एक वर्ष हामी व्यवस्थापनमै जुट्यौँ । हामीसँग टेबुल कुर्सी केही थिएन, कर्मचारी पनि थिएनन् । यस्तो अवस्थामा पनि ६० प्रतिशत बजेट खर्च हुनु राम्रो हो । तर, चालू आर्थिक वर्षदेखि भने यो स्थिति रहँदैन । विनियोजित बजेटको ९० प्रतिशतभन्दा बढी खर्च गर्छौँ । पुँजीगत खर्च पनि अपेक्षाभन्दा राम्रो गर्नेछौँ ।

गण्डकी
बजेट : २४ अर्ब २ करोड ३३ लाख
खर्च : १३ अर्ब ९५ करोड ७४ लाख

चालू खर्च
बजेट : ८ अर्ब ११ करोड ५५ लाख
खर्च : ५ अर्ब २३ करोड ५० लाख

पुँजीगत खर्च
बजेट : १५ अर्ब ९० करोड ७८ लाख
खर्च : ८ अर्ब ७२ करोड २३ लाख

चालू आर्थिक वर्षमा शतप्रतिशत नतिजा निकाल्ने हो स् पृथ्वी सुब्बा गुरुङ
मुख्यमन्त्री, गण्डकी प्रदेश
लामो समयसम्म कर्मचारीको व्यवस्थापन नहुनु, केन्द्र र स्थानीय सरकारसँग कतिपय विषयमा समन्वय हुन नसक्नुलगायत कारण बजेट सोचेजस्तो खर्च हुन सकेन । कर्मचारी अभाव थियो । संरचना थिएनन् । चालू आर्थिक वर्षमा शतप्रतिशत नतिजा निकाल्ने गरी काम गर्ने हो । परिणाम ल्याउने हो । विगतमा पछुतो मान्ने होइन ।

प्रदेश ५
बजेट : ३० अर्ब ७४ करोड २२ लाख
खर्च : १९ अर्ब ५० करोड ८५ लाख

पुँजीगत खर्च
बजेट : १८ अर्ब ८८ करोड ३८ लाख
खर्च : १२ अर्ब ६३ करोड १४ लाख

गत वर्ष नराम्रो भएको छैन, चालू वर्षमा झन् राम्रो गर्छौँ स् बैजनाथ चौधरी, सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री
सुरुको चार महिना प्रभावकारी रूपमा विकासका काम हुन सकेनन्, तर त्यसपछिका दिनमा कामले धेरै गति लियो । गत वर्ष पनि नराम्रो काम भएन, चालू वर्ष झन् राम्रो गर्छौँ । हामीले जेठ मसान्तलाई बजेट कार्यान्वयनको सीमा तोकेका छौँ । यस वर्ष हामीले असारे विकास हटाउने गरी कार्ययोजना बनाएर अगाडि बढेका छौँ ।

कर्णाली
बजेट : २८ अर्ब २८ करोड २८ लाख
खर्च : ९ अर्ब ९५ करोड ३३ लाख

चालू खर्च
बजेट : ६ अर्ब ३७ करोड एक लाख
खर्च : ४ अर्ब ५३ करोड ८१ लाख

पुँजीगत खर्च
बजेट स् २१ अर्ब ९१ करोड २६ लाख
खर्च : ५ अर्ब ४१ करोड ५२ लाख

अब खर्च कम हुने समस्या आउँदैन स् प्रकाश ज्वाला, आर्थिक मामिला तथा योजनामन्त्री, कर्णाली प्रदेश

गत वर्ष कर्मचारीको अभाव भयो । त्यस्तै, काम गर्दा टेन्डरमार्फत गर्ने कि उपभोक्ता समितिमार्फत भन्ने बहसमै पनि समय गयो । संरचना पनि बनेनन् । त्यसैले बजेट खर्च गर्न समस्या भयो । चालू आवमा हामीले चार मन्त्रालयको ओएनएम सर्भे गरिसकेका छौँ । त्यसो हुँदा संरचना र कर्मचारी अभाव हुँदैन । अब खर्चको समस्या हुँदैन ।

सुदूरपश्चिम
बजेट : २५ अर्ब ६ करोड ५६ लाख
खर्च स् १४ अर्ब १६ करोड ७६ लाख

चालू खर्च
बजेट : १३ अर्ब ३५ करोड ८ लाख
खर्च : ६ अर्ब ९३ करोड २९ लाख

पुँजीगत खर्च
बजेट : ११ अर्ब ७१ करोड ४८ लाख
खर्च : ७ अर्ब २३ करोड ४७ लाख

कर्मचारी अभावमा पनि राम्रो नतिजा निकाल्यौँ स् झपट बोहरा, आर्थिक मामिला तथा योजनामन्त्री, सुदूरपश्चिम प्रदेश
हामीले ९ अर्ब ६० करोड चालू खर्च र ८ अर्ब ६७ करोड पुँजीगत खर्च हुने संशोधित बजेट अनुमान गरेका थियौँ । आर्थिक वर्षको अन्त्यमा चालू बजेटको ७२ प्रतिशत र पुँजीगत बजेटको ८३ प्रतिशत खर्च गर्न सफल भयौँ । कानुन थिएन, संरचना बनिसकेका थिएनन् । ४० प्रतिशत मात्र कर्मचारी रहेको अवस्थामा यो राम्रो नतिजा हो । , समाचार नयाँपत्रिका दैनिकमा प्रकाशित छ