१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

नेपाल र यादवलाई अनुशासनको कारबाही गर्न माग

नेपाल र यादवलाई अनुशासनको कारबाही गर्न माग
अ अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ ले वरिष्ठ नेता माधवकुमार नेपाल, स्थायी कमिटीका सदस्य एवं उद्योगमन्त्री मातृका यादवसहित दर्जन नेतालाई अनुशासनको कारबाही गर्न माग गरेको छ । जिल्ला कमिटी पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण कार्यक्रममा तोडफोड गराएको भन्दै नेकपा प्रदेश कार्यालयले नेपाल, यादवसहितका नेताहरूलाई कारबाहीको माग गरेको हो ।

प्रदेश कार्यालयको बसेको बैठकले सो घटना नेता नेपाल तथा यादवको निर्देशनमा भएको निचोड निकाल्दै नेताद्वयमाथि छानबिन गरी आवश्यक कारबाहीको माग गरेको छ ।२४ भदौमा बर्दिबासमा ६ वटा जिल्ला कमिटीको शपथग्रहण गराउने तयारी थियो । बर्दिबास सेवा समितिको हलमा हुने कार्यक्रममा तोडफोड तथा प्रदेश अध्यक्ष प्रभु साह एवं सचिव सुमन प्याकुरेलमाथि हातपातको प्रयास भएको थियो ।

एक जना प्रदेश पदाधिकारीले यसको पुष्टि गर्दै भने, ‘पार्टीको केन्द्रीय नेतृत्वको निर्देशनमा शपथग्रहण कार्यक्रम राखिएको थियो । विवाद केही होइन, केन्द्रमा भएको असन्तुष्टि तल्लो तहमा पोख्न उहाँहरूले शपथग्रहण नै भाँड्न खोजे । तर, पनि पार्टीका इमानदार कमरेडहरूले संयमता देखाउनुभयो र दुई जिल्ला सिरहा र सप्तरीको शपथग्रहण पनि भयो ।’

‘नाराबाजी भइरहँदा अध्यक्ष प्रभु साहले वार्ता गरौं आवश्यक परे रोक्न पनि सकिन्छ भनिरहँदा पनि आपराधिक रूपमा जुन व्यवहार देखियो, त्यो निन्दनीय छ,’ उनले थपे, ‘पछि घटनाबारे सूक्ष्म रूपमा बुझ्दा पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल तथा मातृका यादवको निर्देशनमा सो कार्य भएको हुनाले पार्टी नेतृत्वसँग दुवै नेतामाथि छानबिन गरी आवश्यक कारबाहीको माग गर्दै लिखित निर्णय नै गरेका हौं ।’

शपथग्रहण कार्यक्रम भाँड्ने प्रयासस्वरूप भएको तोडफोडको नेतृत्व भने पदभार ग्रहणसमेत गरिनसकेका नवनियुक्त प्रदेश सह–इन्चार्ज महेन्द्र पासवानले आक्रमणको नेतृत्व गरेको भन्दै केन्द्रीय कमिटीबाट निष्कासन गर्न प्रदेश कार्यालयको माग छ । प्रदेश कार्यालय बैठक बोलाउदासमेत नआएको, कुनै जानकारी नगराएको र पार्टीविरुद्धको गतिविधि गरेको निष्कर्ष प्रदेश कार्यालयले निकालेको हो ।

आक्रमणमा संलग्न अर्का केन्द्रीय सदस्य जगत यादवलाई पनि केन्द्रीय कमिटीबाट निकाल्न माग गरिएको छ । त्यस्तै, आक्रमणमा संलग्न गंगा पासवान र फुलगेन नायकलाई प्रदेश कमिटीबाट निष्कासन गर्न र पूर्वमन्त्रीसमेत रहेका उमेश यादवको पार्टीको साधारण सदस्यता खारेज गर्न माग गरिएको प्रदेश कार्यालयले जनाएको छ । , समाचार राजधानी दैनिकमा प्रकाशित छ ।