१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

बढ्यो बाल हिंसा, अन्धविश्वास र रिसिबीको निशाना

बढ्यो बाल हिंसा, अन्धविश्वास र रिसिबीको निशाना
अ अ+ अ-

आज बाल दिवस
जनकपुरधामः बालबालिका असुरक्षित छन्। दिनहुँजसो बलात्कार, अपहरण, हत्या, एसिड प्रहारजस्ता घटना भइरहेका छन्। यसबाट प्रदेश २ का बालबालिका झनै पीडित छन्। आव ०७५/७६ मा प्रदेश २ मा चार सय ४७ वटा बाल हिंसाका घटना भएको प्रहरी तथ्यांक छ। ०७४/७५ मा बाल हिंसाका तीन सय ६४ वटा घटना प्रहरीमा दर्ता भएका थिए।

हरिहरपुरस्थित मगरटोलकी ९ वर्षीया बालिका रेश्मा रसाइलीको २०७५ फागुन २ मा बलात्कारपछि जलाएर हत्या गरियो। १ गते छिमेकीको छोरीको विवाह भोजको निम्तो थियो रेश्मा परिवारलाई। उनी परिवारका साथ भोज खान गएकी थिइन् । अरू फर्केर घर आए। उनी नाचगानमा रमाइरहेकी थिइन्। लाइन झ्यापै गएर अँध्यारो भयो। त्यसको मौका छोप्दै विवाहमा मामाघर आएका बटेश्वर गाउँपालिका–४ का २२ वर्षीय निरज जर्घामगरले बालिकालाई फ्रुटी किनिदिने भन्दै पसलतिर लगे।

अपहरण गरी हत्या

मिथिला नगरपालिका ढल्केबर–६ का अढाई वर्षीय आर्यन साहलाई वैशाख २३ गते छिमेकी शत्रुधन महतोले अपहरण गरी बन्धक बनाए। आमा खोज्दै रोइरहेका आर्यनलाई अपहरणकारीले भैंसीको दूध खुवाएर सुताए। शक्तिशाली धामी बन्ने अन्धविश्वासका कारण मध्यरातमा बालकको ‘चमेनी माई’ लाई बलि चढाए। शव घरपछाडिको बगैंचामा फाले।

आर्यन हत्याको दुई सातापछि शत्रुधन पक्राउ परे। घटनाका योजनाकार मिथिला नगरपालिका–८ कुसुमबिछौनाका जंगवीर महतो पनि पक्राउ परे।

बलात्कारपछि जलाएर हत्या

निरजले चाउचाउ र फ्रुटी किनिदिए। नजिकैको उखुखेतमा लगेर बलात्कार गरे। पोल खुल्ने डरले बालिकाको घाँटी थिचेर हत्या गरिदिए। प्रमाण नष्ट गर्न उखुको पतकरले शव जलाइदिए। बिहान बालिकाको शव आधा जलेको अवस्थामा देखेपछि उनी भागे। लुकिछिपी बसिरहेका निरज विदेह नगरपालिका–२ दुहबीबाट फागुन ६ गते पक्राउ परे। अहिले उनी जेलमा छन्।

बालिकाका काका देवराजले भने, ‘निर्मम तरिकाले अवोध बालिकाको हत्या भयो। हामी कोही सुरक्षित छैनौं । घाँसदाउरा गर्न जान पनि चेलीबेटी डराइरहेका छन् ।’

आठमहिने बालिकाको हत्या

महोत्तरी औरही–१ की आठमहिने सोनाली चौधरीलाई खेलाउने बहानामा भंगाहा सीतापुर–६ जमुनियाका २५ वर्षीय भरत साहले बेपत्ता बनाए। १० भदौ २०७५ मा हत्या गरे। शव फालेर फरार साहलाई प्रहरीले कात्तिक ४ गते पक्राउ गर्‍यो।

मुस्कानमाथि एसिड प्रहार

गत भदौ २० गते बिहानैे वीरगन्ज महानगरपालिका–१३ श्रीपुर निवासी १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भयो। त्रिभुवन माध्यमिक विद्यालय जाने क्रममा वीरगन्जको गणेशमान चोकमा प्रेमप्रस्ताव अस्वीकार गरेको भन्दै स्थानीय सम्साद मियाले उनीमाथि एसिड प्रहार गरेका थिए। गम्भीर घाइते भएकी उनको कीर्तिपुर अस्पतालमा उपचार गरिएको छ।

भारत पुर्‍याएर बलात्कार

धनुषा बटेश्वरकी कक्षा ९ मा पढ्ने किशोरी २०७५ फागुन ११ गते साँझ बहिनीसँग खेतबाट घर फर्कंदै थिइन्। अकस्मात् उनीहरूका अगाडि तीनजना चढेको मोटरसाइकल रोकियो। बहिनी डराएर भाग्न सफल भइन्। ‘नशालु पदार्थ सुँघाएर बेहोस बनायो। आँखामा कालोपट्टी बाँधी अपहरण गर्‍यो’, पीडित किशोरीले भनिन्, ‘तीन महिनासम्म बलात्कार गर्‍यो।’

ती किशोरीलाई तीन महिनासम्म बन्धक बनाइयो र उनीमाथि सामूहिक बलात्कार भयो। ‘घरमा बन्धक बनाएर राखे, रड र लठ्ठीले कुटे,’ किशोरीले भनिन्, ‘हातखुट्टा बाँधेर सुई लगाइदिन्थ्यो अनि बेहोस बनाएर राख्थ्यो।’

उनी जेठ ५ गते भागेर जनकपुर आउन सफल भइन्। महोत्तरी लोहारपट्टी नगरपालिका–२ सुखैनियाका २२ वर्षीय रवानी राइन कवारीसहित चारविरुद्ध किशोरी अपहरण, शरीर बन्धक र जबरजस्ती करणीको मुद्दा दर्ता भएको डीएसपी रामेश्वर कार्कीले बताए। चारैजना फरार छन्।

रिसिबीले अपहरण गरेर हत्या

वीरगन्ज महानगरपालिका–३ प्रगतिनगरका ८ वर्षीय करण साहलाई अपहरणकारीले २०७६ जेठ १५ मा हत्या गरे। विद्यालयबाट घर फर्किंदै गर्दा बालकको अपहरण भएको थियो। बिहारको बेतियाका घर भई वीरगन्जको प्रगतिनगरमा बस्दै आएका २० वर्षीय विकास शर्मा, कलैया उपमहानगरपालिका–११ का २१ वर्षीय सिकेन्द्र साह तेली र बाराको खपरपाता निवासी २० वर्षीय रामविनेश महतो बालक हत्या आरोपमा प्रहरीले पक्राउ गर्‍यो।

बालकको अपहरणपछि अपहरणकारीले ३० लाख फिरौती मागेका थिए। फिरौती रकम दिन नसक्दा हत्या भएको थियो। प्रहरीले बालकको अपहरण र हत्यामा संलग्न तीनै जनालाई नियन्त्रणमा लिएको थियो। बालक करणको बुबा शम्भुको घर नजिकै डेरा गरी बस्दै आएका विकास अपहरण र हत्याको मुख्य योजनाकार थिए। विकास र करणका बुवा शम्भुबीच समान्य विवाद थियो। त्यही रिसिबी साध्न बालकको अपहरण गरेका थिए।

बालिकामाथि धेरै हिंसा

प्रदेश २ का बालबालिकामाथि हत्या, हिंसा, बलात्कारका घटनामा वृद्धि भएको छ। ०७४र७५ मा तीन सय ६४ बाट बढेर ०७५र७६ मा चार सय ४७ वटा बालहिंसाको घटना भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ।

अन्य घटनाभन्दा जबरजस्ती करणी प्रयास र बलात्कृत बालिकाको संख्या बढी छ। ०७४/७५ मा बलात्कृत बालिकाको संख्या ८२ बाट बढेर ०७५र७६ मा एक सय ५५ पुगेको छ। चालू आवमा साउन र भदौमा जबरजस्ती करणी प्रयास ६ र बलात्कृत बालिकाको संख्या २८ पुगेको छ।

०७४/७५ मा १३ र ०७५/७६ मा १९ बालबालिकाको विभिन्न घटनामा हत्या भएको तथ्यांकमा उल्लेख छ।

‘अभिभावक सचेत बन्नुपर्छ’

बालबालिका अबोध हुन्छन् चक्लेट दिँदैमा सजिलै फक्किन्छन्। बालबालिकाहरू अन्धविश्वास र पारिवारिक रिसिबीको निशानामा परिरहेको मानव अधिकारकर्मी राजु पासवान बताउँछन्। ‘यहाँ बालकलाई अपहरण गरेर हत्या गरी रिसिबी साँधिन्छ।’

स्कुल पढ्दापढ्दै प्रेममा परेर केटाकेटी भाग्छन्। अभिभावक प्रहरीमा उजुरी दिएपछि खोजी हुन्छ। पासवान भन्छन्, ‘केटी प्रहरीबाट छुट्छन्। केटामाथि बालात्कारको मुद्दा चलाइन्छ। उनीहरूको जीवन जेलमा बन्द हुन्छ। कानुनले उमेर नपुगेर गरिएको यौनसम्पर्कलाई वैध ठान्दैन।’

बाल हिंसा हुन नदिन सबैभन्दा बढी अभिभावक सचेत बन्नु पर्ने प्रदेश प्रहरी कार्यालय जनकपुरधामका डीआईजी प्रद्युम्न कार्की बताउँछन्। उनले भने, ‘सजिलै अरूको विश्वासमा पर्नाले बालबालिका हिंसाको सिकार भइरहेका छन्।’ ,
समाचार अन्नपुर्ण दैनिकमा प्रकाशित छ ।