२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय

मकवानपुरमा ४६ हजार मेट्रिकटन धान उत्पादन

मकवानपुरमा ४६ हजार मेट्रिकटन धान उत्पादन
अ अ+ अ-

हेटौँडा । मकवानपुरमा यसवर्ष ४६ हजार ६७७ मेट्रिकटन धान उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रको अनुसार गत वर्षका तुलनामा यसवर्ष जिल्लामा उत्पादनमा वृद्धि भएको हो ।

गतवर्ष ४४ हजार ४० मेट्रिकटन  उत्पादन भएकामा यसवर्ष ४६ हजार ६७७ मेट्रिकटन  उत्पादन भएको केन्द्रका सूचना अधिकारी मिनबहादुर पुनले जानकारी दिनुभयो । उहाँको अनुसार यस वर्ष दुई हजार २५७ मेट्रिक टनले उत्पादन बढेको हो । जिल्लामा यसवर्ष ३.७४ प्रतिहेक्टर उत्पादकत्व भएकामा गत वर्ष ३.७ प्रतिहेक्टर उत्पादकत्व रहेको थियो । उहाँले आधुनिक कृषि प्रणाली, सिँचाइ सुविधा, कृषकमा कृषिसम्बन्धी ज्ञान तथा उन्नत बीउबीजनका कारण जिल्लामा धान उत्पादन बढेको जनाइएको छ ।

जिल्लामा कूल १३ हजार ४२० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको उहाँको भनाइ छ । उक्त क्षेत्रफलमा अनुमानित ५० हजार १९० मेट्रिकटन उत्पादन हुनुपर्नेमा बेमौसमी वर्षाले तीन हजार ५१३ मेट्रिकटन धान क्षति भएको सूचना अधिकारी पुनले बताउनुभयो । जिल्लामा सावित्री, सावा, रामधान, मकवानपुरे, वार लगायतका धान लगाइन्छ । जिल्लाका सबै स्थानीय तहमा धान खेती हुने गरेको छ । सबैभन्दा धेरै मनहरि गाउँपालिकामा धान खेती हुने गरेको छ । त्यहाँ तीन हजार ९२५ हेक्टर क्षेत्रफलमा धान उत्पादन हुने गरेको छ ।

हेटौँडा उपमहानगरपालिकामा दुई हजार, थाहा नगरपालिकामा २००, बागमतीमा दुई  हजार ७००, बकैयामा एक हजार ७००, मकवानपुरगढीमा एक हजार ४००, कैलाशमा एक हजार १००, भिमफेदीमा २००, राक्सिराङमा १५० र इन्द्रसरोबर गाउँपालिकामा ४५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको केन्द्रले जनाएको छ । रासस