१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

लगानीमैत्री सरकारी नीतिमा जोड

लगानीमैत्री सरकारी नीतिमा जोड
अ अ+ अ-

काठमाडौं । पूर्वअर्थमन्त्री डा. रामशरण महतले पूर्वाधार क्षेत्रमा सरकारी नीति लगानीमैत्री हुनुपर्नेमा जोड दिएका छन् । नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनको दोस्रो दिन आयोजित निजी क्षेत्रका लागि लगानीको अवसर विषयक सत्रमा उनले अहिलेको सरकारी काम गर्ने पद्धती र शैलीमा परिवर्तनको आवश्यकता रहेको बताए । उनले भने, ‘सर्वप्रथम सरकारले सुशासनमा सुधार गर्नुपर्छ ।’

त्यस्तै, समयमा निर्णय हुनुपर्ने, काम गर्न गर्न प्रतिस्पर्धी क्षमता लगानीको लागि आवश्यक सर्त रहेको उनको भनाइ छ । उनले निजी क्षेत्रलाई कानूनद्धारा नै सुविधा दिइने नीतिको आवश्यकतमा जोड दिए । ‘एउटा पदमा रहेको व्यक्तिले मनलाग्दी सुविधा दिने वा नदिने निर्णय गर्दा त्यसले निजी क्षेत्रको विश्वास जगाउँदैन । पूर्वाधारका लागि के सम्भावना छ भन्नेबारे गहिरो अध्ययनको आवश्यकता रहेको उनले बताए । ‘योजना एकातिर, सम्भावना अर्कोतिर र बोली अन्यत्रतिर हुनु हुदैन’ उनले भने, ‘जबकि अहिले चीनबाट रेल ल्याउने विषयमा त्यस्तै भइरहेको छ ।’

उनले नेपालमा निर्माण हुने सडक गुणस्तरीय हुनुपर्नेमा जोड दिए । विश्व वैंकको प्रतिवेदनलाई उदृत गर्दै पूर्व अर्थमन्त्री डा. महतले नेपालका सडक संसारमै गुणस्तरहीन हुने गरेको बताए ।उनले नेपालमा उर्जाको ठूलो सम्भावना रहेको उल्लेख गर्दै निजी क्षेत्रलाई ऊर्जा उत्पादनमा आमन्त्रण गर्नुपर्ने बताए । स्वच्छ ऊर्जाको उल्लेख्य माग रहेको बताउँदै डा. महतले नेपालको बढ्दो व्यापार घाटा ऊर्जाबाट पूर्ति गर्न सकिने बताए । उनले नेपाल विद्युत् प्राधिकरणले अहिले गरिरहेको काम कानूनबमोजिम नभएको बताए ।

प्राधिकरणले आफै विद्युत उत्पादन गर्ने र आफै अनुगमन गर्ने काम न्यायोचित हुँदैन । ‘यस्तो अवस्थामा निजी क्षेत्रले प्राधिकरणसँग कसरी प्रतिस्पर्धा गर्न सक्छन’ उनले भने, ‘यस्तो भूमिकाले स्वार्थ बाँझिएको देखिन्छ ।’ सोही सत्रमा बोल्दै नेपाल उद्योग परिसंघका पे्रसिडेण्ट इमिरेटस् तथा उद्यमी विनोद चौधरीले दशकौको उत्पीडनपछि देशमा आएको परिवर्तनले लगानीको वातावरण सिर्जना गरेको बताए । यतिखेर नेपाललाई विश्वव्यापी रुपमा लगानी गरेर सहयोग गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

‘शिक्षा, स्वास्थ्य, ऊर्जा, हवाइ क्षेत्र, वित्तीय संस्था, सडक लगानीका प्रमुख क्षेत्र हुन, उनले भने, ‘त्यस्तै प्रदेश सरकारहरु पनि पूर्वाधारको क्षेत्रमा लगानी गर्न उतिकै उत्साहित छन् ।’ सन् १९९२ यता नेपालमा निजी क्षेत्रको सक्रियता बढ्दै गएको उल्लेख गर्दै चौधरीले खुला अर्थतन्त्र र उदारीकरणका लागि पूर्वअर्थमन्त्री डा। महत योजनाकारका रुपमा रहेको बताए । उनका अनुसार अहिले देशको कुल ग्राहस्थ उत्पादनमा निजी क्षेत्रको सहभागिता ३२ प्रतिशत पुगेको छ । हवाइ क्षेत्रमा आमुल परिवर्तन निजी क्षेत्रले गरेको उद्यमी चौधरीको भनाइ छ ।

‘जसरी भारतमा घरघरमा पानी पु(याउन त्यहाको सरकारले अर्बौ लगानी गरेजस्तै नेपालमा पनि पूर्वाधार क्षेत्रमा ठूलो लगानी आवश्यक छ’ उनले भने, ‘यतिखेर देशमा भ्रष्टाचारजन्य क्रियाकलाप रोक्न र अर्कोतिर सम्भावनाको नयाँ ढोका खोल्न आवश्यक छ । यसका लागि स्पष्ट दृष्टिकोण चाहिएको छ ।’ उनले विकासका लागि जुन ठाँउमा जे सम्भावना छ । त्यसैअनुसार काम गर्नुपर्ने सुझाव दिए । अहिलेको समय कसले कुन क्षेत्रमा लगानी गर्नेभन्ने बारे निर्णय गर्ने सही समय भएको उनको भनाइ छ ।

विश्व बैंक गु्रपका एन्ड्रयू गुडल्याण्डले गुणस्तरीय जीवनका लागि पनि पूर्वाधारको विकासले सहयोग पुर्याउने बताए । उनले ऊर्जाको विकास गरी आम्दानी वृद्धि गर्ने सकिने सम्भावना रहेको दोहो(याए । पूर्वाधारको विकासको लागि सार्वजनिक, निजी साझेदारी कार्यक्र उपयुक्त हुने उनको सुझाव छ । ऊर्जा व्यवसायी ज्ञानेद्रलाल प्रधानले नेपालमा जलविद्युत क्षेत्रको विकास तीव्र गतिमा हुन नसकेको बताए ।

नेपालसँगै जलविद्युत क्षेत्रको विकास शुरु भएका छिमेकी मुलुकले धेरै चाँडो फड्को मारिसकेको उदाहरण दिँदै प्रधानले भने, ‘नेपाल अझै पनि आफ्नो क्षमताको १ प्रतिशत मात्र विद्युत उत्पादन गर्न सकेको छ ।’ नेपालमा ठूला र साना जलविद्युत आयोजनाको सम्भावना उत्तिकै रहको उल्लेख गर्दै उनले ऊर्जा विक्रिका लागि बंगलादेश र भारत राम्रो बजार रहेको बताए । उनका अनुसार अहिलेको आवश्यकता ऊर्जा उत्पादन मात्र हो ।

जलविद्युत् वातावरणीय रुपमा स्वच्छ ऊर्जा भएकाले नेपाललाई मात्र नभइ दक्षिण एशिया र विश्वकै लागि आवश्यक रहेको बताए । एशियाली विकास बैंकका शन्तनु चक्रवर्तीले जलविद्युतको विकासले सिंगो जैविक प्रणालीलाई सघाउने बताए । उनले नेपाललाई ऊर्जा क्षेत्रमा सन् १९९६ देखि नै सहयोग गर्न थालेको बताए ।

बेलायती अन्तर्राष्ट्रिय सहयोग विभागकी नेपाल प्रमुख लिजा होनानले नेपालमा सार्वजनिक निकाय र निजी क्षेत्र एकै ठाँउमा बसेर काम गर्ने चलन उदाहरणीय भएको बताइन् । , समाचार कारोबार दैनिकमा प्रकाशित छ ।