१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शक्तिकेन्द्रको सैन्य गठबन्धनमा सामेल हुँदैनौँ : प्रचण्ड



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल कुनै पनि शक्तिकेन्द्रको सैन्य गठबन्धनमा सामेल नहुने बताएका छन् । नेकपा इलामको प्रकाशन तथा प्रचार विभागद्वारा शनिबार इलाममा आयोजित पत्रकार सम्मेलनमा उनले नेपालको प्रस्ट विदेश नीति रहेको बताए । ‘चाहे त्यो बिमस्टेकको सन्दर्भको सैन्य गठबन्धन होस्, चाहे इन्डोप्यासेफिक फन्डअन्तर्गत हुने सैन्य गठवन्धनमा हामी संलग्न हुँदैनौँ, हुन सक्दैनौँ ।

असंलग्न स्वतन्त्र विदेश नीति नै नेपालको विदेश नीतिको आधार हो, मान्यता हो सिद्धान्त हो,’ प्रचण्डले भने, ‘त्यसबाट नेपाल कहीँ कतै विचलित छैन र विचलित हुँदैन ।’ चिनियाँ विदेशमन्त्रीलाई रणनीतिक उद्देश्यसहितको नेपालको राष्ट्रिय हितलाई असर पार्ने काममा संलग्न नहुने आफूले बताएको प्रचण्डको भनाई थियो । ‘इन्डोप्यासेफिक सैन्य रणनीति आएमा हाम्रो कहीँ कतै संलग्नता हुँदैन । चीनविरोधी गतिविधि हाम्रा लागि सह्य छैन भन्ने कुरा भनिएको हो ।’

आफ्नो टिप्पणीलाई लिएर अमेरिकाले सरकारको धारणा माग नगरेको प्रचण्डले बताए । ‘चीनबाट आधिकारिक स्टेटमेन्ट आएको होइन, एजेन्सीको न्युजमा आएको हो,’ उनले थपे, ‘अमेरिकाले सरकारको धारणा मागेको कुरा सत्य होइन । सरकारलाई चिठी आएको पनि छैन, के हो भनेर सोधिएको पनि छैन ।’

‘सबै बर्बाद हुन लाग्यो भनेर प्रचार गर्नु उचित होइन’ प्रचण्डले सरकारको कामले नेपालको स्टाटस माथि उठेको बताए । ‘छिमेकीसँग जे सम्झौता भएको छ, त्यसले नेपालको स्टाटसलाई माथि उठाएको छ,’ उनले थपे, ‘हामी ल्यान्ड लक हुने ठाउँबाट ल्यान्ड लिंक कन्ट्री हुने ठाउँमा आइपुगेका छौ ।’ आर्थिक विकासको गति पनि उत्साहजनक भएको भन्दै प्रचण्डले ‘सवै बर्बाद हुन लाग्यो’ भनेर गरिएको प्रचार जायज नभएको बताए । , समाचार कारोबार दैनिकमा प्रकाशित छ । , समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।