१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

भारतमा रेमिट्यान्स कम्पनीबाट पैसा झिक्न सकिने

भारतमा रेमिट्यान्स कम्पनीबाट पैसा झिक्न सकिने
अ अ+ अ-

काठमाडौँ । एउटा बैंकको एटीएम कार्ड अर्को बैंकमा नचलेको कारणले भारतमा अलपत्र परेका नेपालीले रेमिट्यान्स कम्पनीमार्फत रकम निकाल्न पाउने भएका छन् । शुक्रबार राष्ट्र बैंक, सम्बन्धित बैंक तथा वित्तीय संस्था र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) बीच यस्तो सहमति भएको हो ।

नयाँ व्यवस्थाअनुसार भारतमा रहेका नेपालीले त्यहाँ स्थित आईएमई र प्रभु रेमिट्यान्सको सम्पर्क कार्यालयमार्फत रकम भुक्तानी लिन सक्ने राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए । ‘नेप्सको सिस्टमअन्तर्गतका बैंक तथा वित्तीय संस्थाले भारतस्थित नेपाली रेमिट्यान्स कम्पनीको कार्यालयमार्फत रकम भुक्तानी लिन सक्नेछन्,’ उनले भने, ‘यसबारेमा बैंक, नेप्स, सम्बन्धित रेमिट्यान्स कम्पनीबीच सहमति भएको छ ।’

बुधबार नै राष्ट्र बैंकले भारतमा अलपत्र परेका नागरिकले आफूलाई जानकारी गराए २४ घण्टाभित्र रकम निकाल्ने सुविधा प्रदान गरिदिने बताएको थियो । सोहीअनुसार सबै विदेशमा रहेका नेपालीले धमाधम राष्ट्र बैंकमा विभिन्न माध्यमबाट जानकारी गराइरहेका छन् । राष्ट्र बैंकले शनिबारसम्म एकजनालाई पनि सुविधा दिन सकेको छैन । यो कुरा राष्ट्र बैंकका प्रवक्ता पनि स्वीकार गर्छन् । ‘शनिबारसम्म एकजनाले पनि भुक्तानी पाएका छैनन्,’ उनले भने, ‘यसमा सम्बन्धित बैंकहरू जिम्मेवार भएको देखिएन ।’

बिहीबारको सम्झौताअनुसार शनिबारसम्म कतिजनाले भुक्तानी पाए भन्ने जिज्ञासा राख्दा नेप्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणप्रकाश क्षेत्रीले भने, ‘यो कुरा हामीलाई थाहा हुँदैन । के–कति जनाले भुक्तानी पाए भन्ने कुरा सम्बन्धित बैंकलाई जानकारी हुनुपर्ने हो ।’ राष्ट्र बैंकले पनि पनि शुक्रबार सूचना जारी गरी भारतबाट वैकल्पिक माध्यमबाट भुक्तानी लिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

‘विभिन्नविद्युतीय कार्डमा बाँकी मौज्दातसम्मको रकम वैकल्पिक माध्यमबाट दोहोरो नपर्ने गरी रकमान्तर गर्न सकिनेछ,’ सूचनामा भनिएको छ, ‘यस्तो माध्यमबाट रकमान्तरःभुक्तानी भएको रकम कार्डको सीमबाट घटाउनुपर्नेछ ।’ यसरी वैकल्पिक माध्यमबाट रकमान्तर गर्दा ग्राहकसँग अतिरिक्त शुल्क लिन नपाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ । , समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।