१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

राष्ट्रिय बालदिवस: राष्ट्रपतिले सम्झे आफ्नो बाल्यकाल

राष्ट्रिय बालदिवस: राष्ट्रपतिले सम्झे आफ्नो बाल्यकाल
अ अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण बालबालिकालाई असल नागरिक बनेर देशको गौरव बढाउन आग्रह गरेका छन् । राष्ट्रिय बालदिवसको अवसरमा शनिबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपतिले सम्पूर्ण बालबालिकाको स्वस्थ जीवन र उज्ज्वल भविष्यको शुभकामना पनि दिए । ‘सुनिश्चित बालअधिकारः समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ आइतबार राष्ट्रिय बालदिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

यसै अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको सो कार्यक्रममा सात प्रदेशबाट सहभागी हुन आएका बालबालिकाले राष्ट्रपति भण्डारीको बाल्यकालसँग केन्द्रित रहेर साक्षात्कार गरेका थिए । राष्ट्रपति भण्डारीले बालबालिकाका जिज्ञासा र बालदिवसका बारेमा आफ्नो बाल्यकालको अनुभव सुनाएका थिए ।

बालबालिकाको चौतर्फी विकासका लागि सरकारको ध्यान जानुपर्ने बताउँदै राष्ट्रपतिले भने, “राष्ट्रको उज्यालो भविष्यका केन्द्रविन्दु बालबालिकाप्रति राज्यको विशेष ध्यान हुनुपर्छ, बालबालिका भोलिका निर्णायक जनशक्ति हुन्, भोलि मेरो ठाउँमा बस्ने तपाईहरु बीचबाटै हो ।” बालबालिकालाई असल नागरिक बनाउन राज्यको भन्दा अभिभावकको बढी दायित्व रहेको चर्चा गर्दै राष्ट्रपतिले राज्यको जत्तिकै जिम्मेवारी गैरसरकारी, निजी क्षेत्र र अभिभावकको पनि रहेको बताए । बालबालिकाको क्षेत्रमा केही सुधार भएको सङ्केत गर्दै उनले अहिलेको पुस्ता धेरै कुरामा जानकार रहेकामा खुसी व्यक्त गरे ।

प्रत्येक परिवारले असल नागरिक दिन सकेमा मात्र सुशासन र समृद्धि सँगसँगै आउने उल्लेख गर्दै उनले भने, “असल नागरिक उत्पादन गर्ने प्रत्येक घरपरिवारको दायित्व हुन्छ ।” सरकारी विद्यालयमा छोराछोरी पढाउने अभिभावकहरूले बालबालिकालाई उचित समय दिने नगरेको प्रसङ्ग जोड्दै राष्ट्रपतिले भन्नुभयो, “निजी विद्यालयमा पढाउने अभिभावकले जति सरकारी क्षेत्रमा पढाउने बाबुआमाले समय दिँदैनन् ।”

बालबालिकालाई असल नागरिक बनाउन बाबुआमाले पर्याप्त समय दिनुपर्ने धारणा व्यक्त गर्दै उनले यसतर्फ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र शिक्षा मन्त्रालयको पनि पहल हुनुपर्ने सुझावसमेत दिए । कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले तीन तहका सरकारबीच समन्वय गरेर बालअधिकारसँग सम्बन्धित कानुनको कार्यान्वयन हुनुपर्ने धारणा व्यक्त गरे ।

राष्ट्रपतिको बाल्यकाल
करिब ६० वर्ष अगाडि र अहिलेको समयमा धेरै परिवर्तन आएको छ ।
मैले पहिलो पटक रातोमाटो धुलो बनाएर काठको फलेकमा राखेर अक्षर लेख्न सिकेकी थिएँ । मलाई हजुरबुबाले लेख्न सिकाएका थिए । त्यतिबेला बालबालिकाका बारेमा धेरै सोचिएको थिएन । त्यतिबेलाको देश, काल, परिस्थिति, चेतनास्तर, समाज र अहिलेको परिस्थितिमा धेरै परिवर्तन आएको छ । धेरै अप्ठ्यारा परिस्थिति पार गरेर यो अवस्थामा आइपुगेका हौँं । अहिलेको पुस्ताले धेरै सहज जीवन पाएको छ ।

राष्ट्रपति निर्वाचित भएपछि पहिलो पटक आफ्नो गाउँ भोजपुरको मानेभञ्ज्याङ गएँ, झण्डै २० वर्ष भइसकेको रहेछ गाउँ नगएको । त्यतिबेला भोजपुरको त्यो गाउँबाट सदरमुकाम, धरान, विराटनगर हुँदै काठमाडौँ आइयो । अहिले त्यहाँ जाँदा त्यो पहाड, बाटाघाटा, त्यहाँको अवस्था हेर्दाखेरी म कसरी यो ठाउँमा आइपुगे जस्तो लाग्छ । त्यतिबेला बाटाघाटा थिएनन्, जङ्गल थियो, खोलामा कुनै पुलपुलेसा थिएनन् । स्कुल गएर फर्किंदाखेरी बाढी आएको छ भने बाढी नरोकिँदासम्म पर्खिरहनुपथ्र्यो । राति भयो भने त्यतै बस्नुपथ्र्यो । जङ्गल थियो, सर्पले टोकेको भए टोकेको टोक्यै हुन्थ्यो । खोलाले बगाएको भए पनि बगाएको बगायै हुन्थ्यो ।

कुनै रेडियो उपकरण गाउँमा थिएनन् । एउटा घरमा रेडियो हुन्थ्यो, गाउँभरिका मान्छे त्यही घरमा जम्मा हुन्थे । आमसभामा मान्छे भेला भएझैँ एउटा घरमा भेला भएर रेडियो सुन्थे । अहिले त हातहातमा फोन छ । जमाना त्यसरी विकास भएर आइसक्यो । त्यतिखेर बत्ती थिएन, साँझ परेपछि सानो टुकी बालिन्थ्यो । त्यो पनि मट्टीतेल पाइँदैनथ्यो । कहिलेकाहीँ तोरीको तेलले बत्ति बालियो । बराहक्षेत्र भन्ने ठाउँमा आएर नुन तेलको भारी बोकेर लानुपथ्यो । पढ्नका लागि स्कुल पाउन पनि गाह्रो थियो । अहिले त बाटो र खानेपानीको अभाव छ भने त्यतिखेरको कुरै नगरौँ ।

एकदमै विकट क्षेत्रबाट नै हुर्केर आएकी हुँ । त्यसैले मलाई देशको भौगोलिक अवस्थाका बारेमा राम्रो थाहा छ । बिरामी हुँदा औषधि उपचार मुस्किल हुन्थ्यो । म अहिलेको अवस्थामा आइपुग्छु भन्ने कल्पनै गरेकी थिइनँ । देशमा परिवर्तन हुनुपर्छ भन्नेचाहिँ लाग्थ्यो । त्यो क्रममा लाग्दै जाँदा समय र परिस्थितिले यहाँसम्म आइपुगेँ । हाम्रो घरमा बुबाहरूले पढेको हुनाले मैले पढ्न पाएँ । हाम्रो गाउँमा हाइस्कुल गएकी पहिली केटी मान्छे सायद म नै हुँ ।

त्यतिखेर ५, ६ कक्षामा पढ्दा शिक्षक र अभिभावकका अगाडि उभिएर हामी कुरा गर्न सक्दैनथ्यौँ । घरमा कोही पाहुना आउनुभयो भने म मूल ढोकाबाट निस्किन्नथेँ, लाज हुन्थ्यो, जस्केलाबाट निस्किन्थेँ । विद्यालयमा पनि अगाडि उभिएर बोल्न लाज लाग्थ्यो । अहिलेको पुस्ता त राष्ट्रपति कार्यालयमा आएर बोल्न नाच्न, गाउन र प्रश्न गर्न सक्नुभएको छ । अहिले त चेतना धेरै माथि पुगेको छ । म त्यही बोल्न नसक्ने केटी हो, अहिले राष्ट्रपति भएर यहाँ उपस्थित छु ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।