१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनाको सानदार जित, मैदान छिर्नेवित्तिकै स्वारेजको २ गोल



अ+ अ-

स्पेनः स्पेनिस ला लिगाको शनिबारको खेलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले सानदार जित निकालेको छ । भ्यालेन्सियालाई ५-२ ले हराउँदै बार्सिलोना उपाधि होडतर्फ लम्किएको हो।
घरेलु मैदानमा भएको खेलमा अंसुमान फातीले दोस्रो मिनेटमै गोल गरी बार्सिलोनालाई अग्रता दिलाएका थिए। फेन्की डे जोङले ७औं मिनेटमा गोल गरी अग्रता दोब्बर बनाए।

भ्यालेनिसयाका लागि केभिन जेमिरोले २७औं मिनेटमा गोल फर्काए । पहिलो हाफ २–१ मा सकियो । ५१औं मिनेटमा जेरार्ड पिकेले बार्सिलोनाका लागि तेस्रो गोल गरे । ६० मिनेटमा मैदान छिरेका लुइज स्वारेजले २ गोल गरे । मैदान छिर्ने वित्तिकै ६१औं मिनेटमा र ८२औं मिनेटमा स्वारेजले गोल गरी खेल ५–१ को अवस्थामा पुर्‍याए । स्वारेजको यस सिजनका लागि यो पहिलो गोल हो । यसअघिका खेलमा उनी टोलीमा सहभागी थिएनन्।

भ्यालेन्सियाका लागि डेनिस चेरिसदेवले ९०मिनेटपछिको इन्जुरी समयमा गोल गरे ।

शनिबार नै भएको खेलमा अंक तालिकाको शीर्ष स्थानमा रहेका एट्लेटिको मड्रिड रियल सोसिडाडसँग २–० ले पराजित भएको छ । अर्को उपाधि दाबेदार टोली रियल मड्रिडले लेभान्टेलाई ३–२ ले पराजित गरेको छ । रियलको जितका लागि करिम बेन्जिमाले २ र कस्मिरोले १ गोल गरे ।

जितपछि बार्सिलोना अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । ४ खेल खेल्दा बार्सिलोनाको ७ अंक छ । ४ खेल खेलेको एट्लेटिको मड्रिड हारपछि पनि ९ अंककासाथ शीर्ष स्थानमा कायम छ । समान खेल खेलेका र समान ८ अंक रहेका रियल मड्रिड दोस्रो र एथ्लेटिक बिल्बाओ तेस्रो स्थानमा छन् । ला लिगाको शनिबारको अर्को खेलमा भिल्लारियलले लेगानेजलाई ३–० ले हरायो । , समाचार अन्नपुर्ण दैनिकमा प्रकाशित छ ।