१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

बार्सिलोनाको सानदार जित, मैदान छिर्नेवित्तिकै स्वारेजको २ गोल

बार्सिलोनाको सानदार जित, मैदान छिर्नेवित्तिकै स्वारेजको २ गोल
अ अ+ अ-

स्पेनः स्पेनिस ला लिगाको शनिबारको खेलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले सानदार जित निकालेको छ । भ्यालेन्सियालाई ५-२ ले हराउँदै बार्सिलोना उपाधि होडतर्फ लम्किएको हो।
घरेलु मैदानमा भएको खेलमा अंसुमान फातीले दोस्रो मिनेटमै गोल गरी बार्सिलोनालाई अग्रता दिलाएका थिए। फेन्की डे जोङले ७औं मिनेटमा गोल गरी अग्रता दोब्बर बनाए।

भ्यालेनिसयाका लागि केभिन जेमिरोले २७औं मिनेटमा गोल फर्काए । पहिलो हाफ २–१ मा सकियो । ५१औं मिनेटमा जेरार्ड पिकेले बार्सिलोनाका लागि तेस्रो गोल गरे । ६० मिनेटमा मैदान छिरेका लुइज स्वारेजले २ गोल गरे । मैदान छिर्ने वित्तिकै ६१औं मिनेटमा र ८२औं मिनेटमा स्वारेजले गोल गरी खेल ५–१ को अवस्थामा पुर्‍याए । स्वारेजको यस सिजनका लागि यो पहिलो गोल हो । यसअघिका खेलमा उनी टोलीमा सहभागी थिएनन्।

भ्यालेन्सियाका लागि डेनिस चेरिसदेवले ९०मिनेटपछिको इन्जुरी समयमा गोल गरे ।

शनिबार नै भएको खेलमा अंक तालिकाको शीर्ष स्थानमा रहेका एट्लेटिको मड्रिड रियल सोसिडाडसँग २–० ले पराजित भएको छ । अर्को उपाधि दाबेदार टोली रियल मड्रिडले लेभान्टेलाई ३–२ ले पराजित गरेको छ । रियलको जितका लागि करिम बेन्जिमाले २ र कस्मिरोले १ गोल गरे ।

जितपछि बार्सिलोना अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । ४ खेल खेल्दा बार्सिलोनाको ७ अंक छ । ४ खेल खेलेको एट्लेटिको मड्रिड हारपछि पनि ९ अंककासाथ शीर्ष स्थानमा कायम छ । समान खेल खेलेका र समान ८ अंक रहेका रियल मड्रिड दोस्रो र एथ्लेटिक बिल्बाओ तेस्रो स्थानमा छन् । ला लिगाको शनिबारको अर्को खेलमा भिल्लारियलले लेगानेजलाई ३–० ले हरायो । , समाचार अन्नपुर्ण दैनिकमा प्रकाशित छ ।