१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

निग्लिहवामा भाद्र पूर्णिमा उत्सव

निग्लिहवामा भाद्र पूर्णिमा उत्सव
अ अ+ अ-

बुटवल । लुम्बिनी भ्रमण वर्ष २०७६ कार्यक्रमअन्तर्गत बुद्धको जीवनीसँग महत्वपूर्ण मानिएका मासिक पूर्णिमाअन्तर्गतको भाद्र पूर्णिमा उत्सव कार्यक्रम शनिबार कपिलवस्तुस्थित निग्लिहवामा मनाइएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा आन्तरिक पर्यटक आगमन बढाउन र लुम्बिनीको राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा प्रचारप्रसार गर्ने उद्देश्यले प्रदेश नं ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्षको कार्यक्रमअन्तर्गत हरेक महीना पूर्णिमा उत्सव मनाइन्छ ।

लुम्बिनी भ्रमण वर्ष २०७६ को महत्वपूर्ण कार्यक्रम मासिक पूर्णिमा उत्सव कार्यक्रम कनकमुनि बुद्धको जन्मस्थलको रूपमा परिचित कपिलवस्तु नगरपालिका–६ स्थित निग्लिहवामा भाद्र पूर्णिमा उत्सव कार्यक्रम आयोजना गरिएको हो । लुम्बिनीलाई केन्द्रमा राखेर हरेक महीनाको मासिक पूर्णिमा उत्सव बुद्धसँग सम्बन्धित स्थानमा आयोजना गरिने पाँचौँ पूर्णिमा उत्सव निग्लिहवामा आयोजना गरिएको हो ।

बुद्धको जीवनीमा पूर्णिमाले निकै महत्व राख्ने भएकाले हरेक महीनाको पूर्णिमालाई उत्सवको रूपमा मनाउने कार्यक्रम लुम्बिनी भ्रमण वर्ष २०७६ मा पनि समावेश गरिएको छ । निग्लिहवा कनकमुनि बुद्धको जन्मस्थानको रूपमा इशा पूर्व २४९ मा सम्राट अशोकले आफैं आएर खडा गरेको शिलास्तम्भमा कुँदिएको छ । हाल उक्त स्तम्भ भाँचिएर दुई टुक्रामा रहेको र लुम्बिनी विकास कोषले संरक्षण गरिराखेको छ ।

आशोक स्तम्भमा स्तुपलाई दोस्रोपटक ठूलो बनाउन लगाइएको अभिलेख रहेको प्रसिद्ध चिनियाँ यात्रीहरु फासियन र हयुएन शाङले समेत आफ्ना यात्रा वर्णनमा कनकमुनि बुद्धको स्तुपमा भ्रमण गरेको उल्लेख गरेको पाइन्छ । पुरातत्वविद डा फुररले आफ्नो दुईपटकको अनुसन्धान प्रतिवेदनमा निग्लिहवामा कनकमुनि बुद्धका ठूलो स्तुपा रहेको र उक्त स्तुप पूर्वी भागमा पोखरी निर्माणका क्रममा क्षति भएको हुनसक्ने अनुमान गरेका छन् ।

सङ्घीय सरकारले सन् २०२० लाई पर्यटन भ्रमण वर्षको रूपमा अगाडि सारेको अवस्थामा प्रदेश नं ५ सरकारले भ्रमण वर्षलाई साकार पार्न लुम्बिनी भ्रमण वर्ष–२०७६ को आयोजना गरेको हो । भाद्र पूर्णिमा उत्सवको शनिबार प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले उद्घाटन गरे । कार्यक्रममा मन्त्री गिरीले बुद्धसँग सम्बन्धित यस क्षेत्रका अपार सम्पदाको उत्खनन, संरक्षण र प्रचारप्रसार गर्ने कार्यमा प्रदेश सरकारले सङ्घीय सरकार र स्थानीय सरकारसँग समन्वय गरेर काम गर्ने बताए ।

मन्त्री गिरीले पर्यटकीय क्षेत्रहरुको समृद्धि र विकास गर्दा स्थानीय जनताको भावनाविपरीत हुननसक्ने बताउँदै स्थानीयको सम्पत्तिको क्षतिसँगै ती स्थानहरुमा बन्ने संरचनामा स्थानीयवासीलाई हरेक हिसाबले प्राथमिकता दिने नीति बन्ने स्पष्ट पारे । उनले बुद्धका शृङ्खला, भौतिकरूपमा रहेका भग्नावशेष, सम्पदाको यथार्थ अनुसन्धान गरेर विश्वसामु प्रचारप्रसारका माध्यमबाट जानकारी गराउने र विश्वभरिका पर्यटक आउने वातावरण निर्माण गर्नु प्रमुख कर्तव्य ठानेर सरकारले काम गरेको बताए ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले विकास कोषले कपिलवस्तुका महत्वपूर्ण सम्पदाको विकास र संरक्षणमा चासो दिएर काम अघि बढाएको बताउनुभयो । कार्यक्रममा प्रदेशसभाका सदस्य दीर्घनारायण पाण्डेले प्रदेश सरकार लुम्बिनीसँगै कपिलवस्तुका बुद्ध क्षेत्रहरुको विकासमा अग्रसर रहेको बताए ।

उक्त अवसरमा प्रदेशसभाका सदस्य अर्जुन केसी, धरमबहादुर लाल श्रीवास्तव, सहश्रराम यादव, कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंहले सरकारले कपिलवस्तुमा रहेका महत्वपूर्ण सम्पदाको विकासमा चासो दिन आग्रह गरे । सो अवसरमा निग्लिहवामा निर्माण गरिएको अशोक स्तम्भ संरक्षित क्षेत्रमा दीप प्रज्वलन र स्थानीय आमा समूहले बुद्धको जीवनीसँग जोडेर भजनसमेत प्रस्तुत गरेका थिए ।