२२ भाद्र २०८३, सोमबार
,
Latest
राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन सहिद परिवार भन्छन्, ‘बलिदानी खेर नजाओस्’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’
तपाईं के खोज्दै हुनुहुन्छ ?

हनुमन्ते सफाइ अभियानको ८१ हप्ता, दुई टन फोहर व्यवस्थापन



अ+ अ-

भक्तपुर । हनुमन्ते नदी सफाइ अभियानको ८१औं हप्तामा शनिबार भक्तपुरको गट्ठाघर चोकदेखि कौशलटारचोकसम्मका सडकको दायाँबायाँ रहेका फोहर हटाइएको छ । अभियानअन्तर्गत सडक दायाँबायाँको फोहर हटाउनुका साथै सडकका पोल र भित्तामा अव्यवस्थितरूपमा टाँगिएका विज्ञापनका सामग्रीसमेत हटाइ दुई टन फोहर सङ्कलन गरेर व्यवस्थापन गरिएको अभियानका दूत एवं चलचित्र निर्देशक मदन घिमिरेले जानकारी दिए ।

अभियानका सहसंयोजक सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, अभियानका अगुवा अभियाकर्मी, सफाइ अभियानका सल्लाहकार, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पातञ्जल नेपाल, जीवन विज्ञानलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधि एवं अभियानकर्मीको सफाइ अभियानमा सहभागिता रहेको उत्प्रेरक रुद्र पौडेलले जानकारी दिए ।

नेकपाका नेता एवं सांसद महेश बस्नेतको अगुवाइ, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाको संयोजनमा शुरु भएको अभियान १०० हप्तासम्म निरन्तर जारी राख्ने बताइएको छ । हनुमन्ते सफाइ अभियानले डेङ्गु रोग नियन्त्रण अभियानसमेत सञ्चालन गरेको छ ।