१ श्रावण २०८३, शुक्रबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रकको ठक्करबाट छात्रको मृत्यु



अ+ अ-

सर्लाही । लालबन्दी नगरपालिका–९ स्थित पूर्वपश्चिम लोकमार्गअन्तर्गत बस्तीपुर चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ७९९० नं को ट्रकले  ठक्कर दिँदा एक छात्रको आज विहान मृत्यु भएको छ ।

मृत्युहुनेमा लालबन्दी–९ स्थित जनज्योति माविमा कक्षा ९ मा अध्ययनरत चन्द्रनगर गाउँपालिका–१ का १६ वर्षीय दीपेन्द्रकुमार यादव रहेका छन् । इलाका प्रहरी कार्यालय लालबन्दीका कार्यालय प्रमुख प्रहरी निरीक्षक निर्मल थापाका अनुसार  टियुसन पढ्न जाने क्रममा पैदल हिडिरहेका बेला छात्रलाई  ट्रकले ठक्कर दिएको थियो । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले  नियन्त्रण लिएको छ । रासस