२२ भाद्र २०८३, सोमबार
,
Latest
राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन सहिद परिवार भन्छन्, ‘बलिदानी खेर नजाओस्’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनाका १६ वर्षे ठिटोले गरे गोल, नेइमार विरूद्ध पेरिसमा हुटिङ



अ+ अ-
तस्वीरः एपी

काठमाडौंः शनिबार राति दुई फरक क्लबका खेलहरु फुटबलप्रेमीहरुका माझ निकै चर्चामा थिए ।
एउटा, स्टार खेलाडीले भरिएको बार्सिलोनामा १६ वर्षे ठिटोको जादुयी खेल तथा दोस्रो, निकै विवादबीच पेरिस पुगेका ब्राजिली स्टार खेलाडी नेइमारको बाइसिकल किक ।
बार्सिलोनामा लियोनेल मेस्सी, लुइस सुवारेज जस्ता हस्ती खेलाडी छन् तर शनिबार रातिको खेलमा गिनी बिसाउका १६ वर्षे फातीले सुन्दर गोल गरेर सबैको मन जिते । घाइते भएका कारण मेस्सीले यो खेल पनि खेल्न सकेनन् ।
फातीले पहिलो हाफको दोस्रो मिनेटमै गोल गरेका थिए । लुइस सुवारेजको २ गोलको मद्दतले अन्ततः बार्सिलोनाले भ्यालेन्सियामाथि ५–२ को भारी गोल अन्तरले जित निकाल्यो ।
अर्कोतर्फ पेरिस सेन्ट जर्माइनबाट बार्सिलोना क्लबमा आबद्ध हुने नहुने हल्ला र सम्भावनाबीच अमिलो मन बनाएर फेरि फ्रान्स पुगेका ब्राजिली फर्वार्ड नेइमारले खेलको अन्तिम इन्जुरी समयमा गोल गरेर आफू सर्वश्रेष्ठ खेलाडी रहेको प्रमाणित गरेरै छाडे ।

तस्वीरः एपी


दर्शक दिर्घाबाट पटकपटक उनीविरुद्ध हुटिङ भए पनि खेलको ९१औं मिनेटमा उनको बाइसिकल किकले काम गरेको थियो । यही एक गोलका मद्दतले पेरिसले स्ट्रासबर्गलाई ० का विरुद्ध १ गोलले पराजित गरेको थियो । खेलपछि प्रतिक्रिया दिँदै नेइमारले पेरिसका समर्थकले गरेको हुटिङलाई आफूले सामान्य रुपमा लिएको र पेरिसका समर्थकलाई दुःखी बनाएकाले नै हुटिङ गरेको बताए ।