१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

ड्रोन आक्रमणबाट साउदीका तेल प्रशोधन क्षेत्रमा आगलागी

ड्रोन आक्रमणबाट साउदीका तेल प्रशोधन क्षेत्रमा आगलागी
अ अ+ अ-

रियाद। साउदी अरबको सरकारी तेल कम्पनी अरामकोको दुई ठूला तेल प्रशोधन स्थलमा ड्रोन आक्रमण भएको छ । साउदी सरकारीको स्थानीय मिडियाका अनुसार दुई प्रशोधन स्थलमा भीषण आगलागी भएको हो । संसारकै सबैभन्दा विशाल तेल प्रशोधन स्थलमा आगलागी भएको भिडियोमा आगोको लप्का र धुवाँ देखिएको छ ।

दोस्रो ड्रोन आक्रमणका कारण कुरिसमा रहेको तेलखानीमा पनि आगा लागे पनि त्यसलाई नियन्त्रणमा लिइएको जनाइएको छ । इरान निकट यमनका विद्रोही हुथी समूहका एक प्रवक्ताले सो आक्रणका लागि एउटा ड्रोन प्रयोग गरेको बताएका थिए । बेरुतमा रहेको हुथी समूहको अल मसिरा टिभीमा ती प्रवत्ताले थप आक्रमण हुन सक्ने बताए । आक्रमण कसले ग¥यो भन्नेबारे साउदी अरबले बोलेको छैन ।

साउदी प्रेस एजेन्सीका अनुसार औद्योगिक सुरक्षा बलको टिमले स्थानीय समयअनुसार बिहान चार बजेदेखि नै आगो निभाउन सुरु गरेका थिए । साउदीको पूर्वी प्रान्त दहरानबाट ६० किलोमिटर दक्षिण पश्चिममा बकिक रहेको छ । त्यहाँबाट २०० किलोमिटर टाढा सुरैस छ । बकिकमा तेल प्रशोधन हुन्छ । जहाँ प्रतिदिन ७० लाख ब्यारल काचो तेल उत्पादन हुन्छ । यो विश्वको सबैभन्दा ठूलो कच्चा तेलको स्ट्याबिलाइजेसन प्लान्ट हो ।

सन् २००६ मा बकिकमा अलकायदाको आत्मघाती आक्रमणलाई साउदी सुरक्षा बलले विफल बनाइदिएको थियो । खुरैसमा २००९ बाट तेल प्रशोधन सुरु गरिएको हो । यो देशको दोस्रो ठूलो प्लान्ट हो । सो प्लान्टमा प्रतिदिन १५ लाख ब्यारेल कच्चा तेल उत्पादन हुने दाबी गरिएको छ । २० अर्ब ब्यारेल बढी तेल रिजर्भ छ । विश्व तेल बजार सप्ताहन्तरका कारण बन्द छ । जसका कारण तेलको मूल्यमा तत्काल असर नपर्ने आशंका गरिएको छ ।

राजा सलमानका छोरा राजकुमार मोहम्मद बिन सलमानको आर्थिक सुधारको नीतिअनुसार देशको अर्थ व्यवस्थाको तेलमाथिको निर्भरतालाई कम गर्न अरामकोको छिट्टै आईपीओ लन्च गर्ने तयारी रहेको थियो ।

हुथी आक्रमणको पछाडि कसको हात ?

अघिल्लो महिना सयबाह प्राकृतिक ग्याँस क्षेत्रमा पनि ड्रोन आक्रमण भएको थियो । हुथी विद्रोहीमाथि त्यसको आरोप लगाइएको थियो । त्यसबाहेक मेमा अन्य तेल कम्पनीलाई पनि निसाना बनाइएको थियो । हुथी विद्रोहीलाई इरानको सहयोग प्राप्त हुने बताइएको छ । हुथी विद्रोही यमन सरकार र साउदीको नेतृत्वमा रहेका सैनिक बलसँग लडिरहेको छ । साउदी अरबले आफ्नो नेतृत्वमा छिमेकी देशका सेनासँग हुथी विद्रोहीविरुद्ध लडिरहेको छ ।

साउदी नेतृत्वमा रहेको सैनिक गठबन्धनले हरेक दिनजसो यमनमा हुथी विद्रोहीविरुद्ध हवाई आक्रमण गरिरहेको हुन्छ । हुथी विद्रोहीले पनि साउदीमाथि मिसाइल प्रहार गरिरहेको समाचार आइरहेका छन् । साउदी र इरानको बढ्दो प्रतिद्वन्द्वका कारण पनि यी क्षेत्रमा तनाव सिर्जना हुने गरेको बताइन्छ ।

गत जुन र जुलाईमा खाडीमा तेल ट्यांकरमाथि भएको आक्रमणको साउदी अरब र अमेरिकाले इरानलाई दोषी देखाए । रानले यो आरोप अस्वीकार गरेको छ । मे महिनामा चार तेल ट्यांकरमाथि आक्रमण भएको थियो । जसमध्ये दुई ट्यांकरमा साउदीको झन्डा थियो । यो आक्रमण संयुक्त अरब अमिरातको जल क्षेत्र गल्फ अफ ओमानमा भएको थियो ।

अमेरिकाले तत्कालीन राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले सो आक्रमणका लागि इरानलाई दोषी देखाएका थिए । तेहरानले सो आरोपलाई अस्वीकार गर्दै आएको छ । अमेरिकाको एक ड्रोनलाई झारेदेखि इरान र अमेरिकाबीच तनाव सिर्जना भएको थियो । त्यसपछि अमेरिकाले साउदीमा सेना तैनाथ गर्ने घोषणा गरेको थियो ।

अरामको साउदीको सान

अघिल्लो वर्ष अरामकोको कमाई १११ अरब डलर रहेको थियो । २०१८ मा अरामकोले साउदी सरकारलाई १६० अरब डलर रकम दिएको थियो । अरामकोले तेलबाटभन्दा पनि अन्य उत्पादनबाट आम्दानी गरेको दाबी गरिएको छ । अरामकोसँग विश्वका ठूलो मानिएको तेल क्षेत्र छन् । अरामको तेल कम्पनीको पाँच प्रतिशत सेयर बेच्ने योजना थियो ।

यसलाई अहिलेसम्मको सबैभन्दा ठूलो आईपीओ हुने बताइएको थियो । अरामकोको आईपीओ मोहम्मद विन सलमाको भिजन २०३० कार्यक्रमको एक कार्यक्रमका रूपमा लिइएको छ । जसका कारण साउदीले तेलमाथि निर्भर रहेको अर्थ व्यवस्थालाई कम गर्दै लैजानेछ ।

यो कम्पनीको स्थापना अमेरिका तेल कम्पनीले गरेको थियो । अरबी–अमेरिकी आयल कम्पनीलाई साउदीले १९७० को दशकमा राष्ट्रियकरण गरेको थियो । यो एकदेखि डेढ ट्रिलियन डलरको कम्पनी रहेको बताइएको छ । राजकुमार सलमान भने यसलाई दुई ट्रिलियन डलरको कम्पनी बनाउन चाहन्थे ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।