१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

५ किलो चरेस र १२ किलो गाँजासहित ५ जना पक्राउ



अ+ अ-

हेटौडा । चरेस र गाँजासहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन भारतीय नागरिक र दुई मकवानपुरका छन् । ४ किलो ९ सयग्राम चरेससहित प्रहरीले भारत मुजफपुर जिरोमाइलका २८ वर्षीय शिवराज सिंह, २४ वर्षीय ज्ञानीकुमार पासवान र भारत विहारका शिवहरी तरिहानीका २४ वर्षीय राजु महतो पक्राउ परेका हुन ।

हेटौडा उपमहानगरपालिका—१५ रातोमाटे चौकीमा प्रहरीले हेटौडावाट वीरगन्जतर्फ गइरहेको बिआर ०१ पिएफ ७९९८ नम्बरको भारतीय कारलाई रोकेर चेकजाँच गर्ने क्रममा कारभित्र चरेस फेला परेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । कारभित्र फल्स बटम बनाएर १० वटा प्लाष्टिकको पोकामा चरेस लुकाएर ल्याएका थिए । भारतमा लगेर बिक्री गर्नका लागि धादिङको सिम्लाङबाट चरेस खरिद गरेर ल्याएको प्रहरी समक्ष उनीहरुले बताएका छन् ।

यसैगरी प्रहरीले मकवानपुरको राक्सिराङ गाउँपालिका—४ कालिका दोभानबाट १२ किलो ४ सयग्राम गाँजासहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाश गाउँपालिका–८ का २६ वर्षीय राजकुमार थिङ र २१ वर्षीय दिपेश थिङ रहेका छन् ।

कालीका दोभानमा झोला बोकेर हिडिरहेको अवस्थामा कान्द्राङका प्रहरीले शंका लागेर झोला तलास गर्दा राजकुमारको झोलामा ४ केजी ८ सयग्राम र दिपेशको झोलामा ७ केजी ६ सयग्राम गाँजा फेला परेको प्रहरी उपरिक्षक सिंहले बताए ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।