१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

४ सय १६ नेतालाई जिम्मेवारी, तीन दर्जन दोहोरो भूमिकामा, १९ नेता जिम्मेवारविहीन

४ सय १६ नेतालाई जिम्मेवारी, तीन दर्जन दोहोरो भूमिकामा, १९ नेता जिम्मेवारविहीन
अ अ+ अ-

काठमाडौं । पार्टी प्रवेश गरेका नेता केन्द्रीय सदस्यमा मनोनित भएसँगै सत्तारुढ नेकपाको संगठन संरचना विस्तारित भएको छ । नेकपाले चार सय ४१ सदस्यी केन्द्रीय समितिलाई चार सय ४५ पुर्‍याएको छ । केही महिनाअघि विप्लव नेतृत्वको नेकपाबाट प्रवेश गर्ने पदम राई, किरण राई र नयाँ शक्तिबाट प्रवेश गर्ने देवेन्द्र पराजुली र कल्पना धमलालाई नेकपाले केन्द्रीय समितिमा नियुक्त गरेको हो ।

अन्तरिम विधानमा वाम समूहबाट एकीकरण प्रक्रियामा सामेल हुनेलाई १० प्रतिशत नबढ्ने गरी केन्द्रीय कमिटीमा मनोनित गर्न सकिने व्यवस्था छ । त्यही व्यवस्थाअनुसार उनीहरूलाई जिम्मेवारी दिइएको महासचिव विष्णु पौडेलले बताए । उता, सात केन्द्रीय सदस्यको रिक्त स्थानमा पनि पदपूर्ति बाँकी छ ।

यी हुन् जिम्मेवारी नपाउने नेता
नेकपाका केन्द्रीय सदस्यमध्ये चार सय १६ नेताले भूगोल, विभाग, मोर्चा फाँट र जनवर्गीय संगठन तथा सम्पर्क कमिटीमा जिम्मेवारी पाएका छन् । तर, चार सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा अझै १९ नेताको जिम्मेवारी तोकिएको छैन । अहिलेसम्म ६० प्रतिशत नेतालाई भूगोलमा र बाँकी नेतालाई अन्त जिम्मेवारी तोकिएको नेकपाले जनाएको छ ।

कामको बाँडफाँडपछि पनि जिम्मेवारी नपाउनेमा प्रदीप नेपाल, युवराज कार्की, बिन्दा पाण्डे, युवराज चौँलागाँई, गंगा कार्की, अशोककुमार मण्डल, खगेन्द्र चुडाल, जोखबहादुर महरा, टंक आङबोहाङ (लिम्बु), दावा तामाङ, दिननाथ शर्मा, दीपबहादुर योञ्जन, धर्मनाथ यादव, पुष्पविक्रम मल्ल, मानबहादुर बुढा, लिलबहादुर थापामगर, सुकबहादुर रोका, शशी श्रेष्ठ र हिमाल शर्मा छन् ।

उनीहरूमध्ये युवराज,। कार्की र युवराज चौलागाईं तथा बिन्दा पाण्डेलाई प्रवास फाँटको जिम्मेवारी तोक्ने तयारी छ । पूर्वएमाले समूहका सिनियर नेता प्रदीप नेपालले पनि जिम्मेवारी पाएका छैनन् । पार्टीमा सक्रिय हुने रुचि नराखेका कारण उनलाई परिभाषित जिम्मेवारी नतोकिएको सचिवालयका एक नेताले बताए । ०६० सालअघि नै साविक माओवादीको केन्द्रीय कमिटीमा रहेका नेता गंगा कार्कीले कतै जिम्मेवारी पाएका छैनन् ।

सात रिक्त सदस्यमा दाबेदारको दौड
नेकपाको चार सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा सात पद रिक्त छ । तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो । त्यस्तै, पूर्वशिक्षा मन्त्री धनीराम पौडेलको पनि निधन भएको छ । डा. वंशीधर मिश्र बंगलादेशका लागि राजदूत नियुक्त भएका छन् । मुस्लिम आयोगको अध्यक्षमा नियुक्त समिममिया अन्सारी, थारू आयोगको अध्यक्ष नियुक्त विष्णुप्रसाद चौधरी, राष्ट्रपतिको सल्लाहकार नियुक्त लालबाबु यादवले राजीनामा गरेकाले रिक्त छ । उता, पूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने भ्रष्टाचारको अभियोगमा मुछिएकाले पद तत्कालका लागि रिक्त छ ।

ती रिक्त पदमा मनोनयनका लागि सोभियत ढकाल, पुरुषोत्तम पौडेल, दिपकप्रकाश भट्ट, योगेन्द्र शाही, कृष्ण पौडेल, राजनारायण शाहसहित करिब एक दर्जन नेता दाबेदार छन् । महासचिव विष्णु पौडेलले रिक्त पदमा नियुक्ति गर्ने योजना रहे पनि अहिलेलाई कसलाई मनोनयन गर्नेबारे छलफल नभएको बताए । ‘रिक्त पदमा नियुक्त गरिनेछ, तर अहिले के गर्नेबारे बैठकमा छलफलै भएको छैन, छलफल भएपछि मात्र निष्कर्षमा पुगिनेछ ।’ पौडेलले भने ।

दाबेदारमध्येका पौडेल साबिक एमालेका केन्द्रीय सदस्य हुन् । ढकाल साबिक एमालेको नवौं महाधिवेशनमा केन्द्रीय सदस्यको मत परिणाममा विजयी घोषित भइसकेपछि पुनः गणना हुँदा पराजित भएका थिए । पार्टी एकताको क्रममा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको सूचीमा रहे पनि ढकालको नाम अन्तिममा अरूलाई नै व्यवस्थापन गर्नुपरेको भन्दै हटाएर सर्कुलर पठाइएको थियो उनको नाम हटाएर राखिएका बद्री न्यौपाने भ्रष्टाचारको अभियोगमा मुछिएकाले शीर्ष नेतामाथि उनलाई मनोनित गर्नुपर्ने नैतिक दबाब छ ।

यी नेता सरकार र पार्टी दुवैतिर
नेकपामा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसहित सरकार र राजकीय मामिलामा रहेका सबै नेता दोहोरो जिम्मेवारीमा छन् । मन्त्रीहरू इश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’, गिरिराजमणी पोखरेल, गोकर्ण विष्ट, चक्रपाणि खनाल, प्रदीपकुमार ज्ञवाली, पृथ्बीसुब्बा गुरुङ, वर्षमान पुन, मातृकाप्रसाद यादव, योगेशकुमार भट्टराई, रघुवीर महासेठ दोहोरो जिम्मेवारीमा छन् ।

त्यस्तै, देवप्रसाद गुरुङ, विष्णुप्रसाद रिमाल, शक्तिबहादुर बस्नेत, शंकर पोखरेल, सुवासचन्द्र नेम्वाङ, अच्युतप्रसाद मैनाली, बिना मगर, शान्ता चौधरी पनि दोहोरो जिम्मेवारीमा छन् । जनसंगठन र पार्टी दुवैतिर महेश्वर दाहाल, रामप्रसाद सापकोटा ‘दीपशिखा’, तिलक परियार, रामप्रित पासवान, हरिप्रसाद पराजुली, माधव ढुंगेल, विनोद श्रेष्ठ, सुरेश आलेमगर, शेरबहादुर तामाङ, अमृता थापा, विश्वनाथ प्याकुरेल जिम्मेवारीमा छन् ।

जिम्मेवारी नपाएका नेता भन्छन्–नेताको घर नधाउँदा काम पाइएन
नेकपाको सचिवालयले केन्द्रीय सदस्यको कार्यविभाजन करिब सम्पन्न गरेपछि कतै पनि जिम्मेवारी नपाउने नेताले नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् । ‘म राजनीतिक–वैचारिक छलफलमा बाहेक नेताको घरमा जाने गर्दिन, त्यही भएर पनि जिम्मेवारी नदिइएको हुन सक्छ,’ केन्द्रीय सदस्य लिलबहादुर थापामगरले नयाँ पत्रिकासँग भने, ‘कामको जिम्मा लिने अरू धेरै छँदै छन्, अब आफ्ना कुरा केन्द्रीय कमिटीमै जमेर राखिनेछ ।’

मगर पूर्वमाओवादी समूहमा स्थायी समिति सदस्य तथा राज्यसमिति इन्चार्ज र खेलकुद संगठनको इन्चार्ज थिए । अर्का केन्द्रीय सदस्य पुष्पविक्रम मल्लले कुनै जिम्मेवारी नदिइएकोमा असन्तुष्टि जनाए । ‘पार्टी नै यस्तै छ, के गुनासा गर्नु ? राखे बस्ने हो, नराखे पनि ठीकै छ,’ मल्लले भने, ‘केही न केही जिम्मेवारी पाइएला भन्ने पर्खाइमै छु ।’ अध्यक्ष केपी ओलीको गृहजिल्ला झापाका खगेन्द्र चुडालले पनि अहिले कुनै जिम्मेवारी पाएका छैनन् ।

तीन वर्षदेखि क्यान्सर रोगबाट पीडित उनी घरमै रेस्ट गरेर उपचार गराइरहेका छन् । रोग लागेपछि पार्टीले बेवास्ता गरेको गुनासो गर्दै चुडालले भने, ‘माथिका दुईजनालाई भए पुग्यो, हुक्के, चिलिमेलाई दिए भइहाल्छ, हामी पुराना मान्छले जिम्मेवारी नपाउँदा पनि केही छैन ।’ अर्का केन्द्रीय सदस्य दिपबहादुर योञ्जनले आफूले सामाजिक क्षेत्रको जिम्मेवारीका लागि माग गरे पनि कार्यविभाजनको क्रममा कुनै जिम्मेवारी नपाएको बताए ।

नवप्रवेशीलाई विभागीय जिम्मेवारी : पदम राई
विप्लव नेतृत्वको नेकपाबाट नेकपा प्रवेश गरेका पदम राईलाई विज्ञान तथा प्रविधि विभागको उपप्रमुख कल्पना धमलालाई स्वास्थ्य तथा जनसंख्या विभागको उपप्रमुख तथा देवेन्द्र पराजुलीलाई उद्योगी–व्यवसायी जिल्ला कमिटीमा सहइन्चार्जको जिम्मेवारी दिइएको छ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।