२२ भाद्र २०८३, सोमबार
,
Latest
राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन सहिद परिवार भन्छन्, ‘बलिदानी खेर नजाओस्’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा बैठक बस्दै, पर्यटन मन्त्रीले सांसद्का प्रश्नको जवाफ दिने



अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आज मध्याह्न १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा संघीय संसदमा सांसदहरूका प्रश्नको जवाफ दिने भएका छन् ।

मन्त्री भट्टराईले मन्त्रालयका कामकारबाहीबारे मौखिक प्रश्नहरूको उत्तर दिन लागेका हुन् ।उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन, २०७६’ पेस र प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले ‘वातावरण संरक्षण विधेयक, २०७५’ राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्दैछन् ।

त्यस्तै आजकै बैठकमा गृह मन्त्री रामबहादुर थापा बादलले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन’ र ‘प्रहरी समायोजन विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन’ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।