१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थीलाई पार्टीको झण्डा बोकाउनुहुन्न: मन्त्री धिमिरे



अ+ अ-

इटहरी । प्रदेश नं १ का शिक्षा तथा सामाजिक विकासमन्त्री जीवन घिमिरेले अबका विद्यार्थीलाई पार्टीको झण्डा बोकाउन नहुने भन्दै देश समृद्धितर्फ उन्मुख भएकाले युवाहरुलाई प्राविधिक शिक्षा प्रदान गरी देश विकासको कार्यमा लगाउनुपर्ने बताएका छन् ।

आइतबार इटहरी उपमहानगरपालिका–२० तरहरास्थित राष्ट्रिय जनसहयोग क्याम्पसको सातौँ साधारणसभा तथा तेस्रो अधिवेशनको उद्घाटन गर्दै मन्त्री घिमिरेले प्रदेश नं १ मा ९१ सामुदायिक क्याम्पस, पूर्वाञ्चल विश्वविद्यालय एवं तथा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्ता शैक्षिक संस्थालाई कसरी व्यवस्थापन गरेर लैजानेजस्ता विषयमा प्रदेश सरकारको चुनौतीको विषय भएकाले विज्ञहरुसँग आवश्यक परामर्श भइरहेको बताए ।

त्यसैगरी हरेक शैक्षिक संस्थाले उत्पादन गरेको जनशक्ति कहाँ जान्छ, अबका दिनमा त्यसको रेकर्ड प्रदेश सरकारले राख्ने उनको भनाई छ । प्रदेशसभा सदस्य सर्वध्वज साँवाले विद्यार्थीलाई आफूहरुले देशमै रोजगारीको अवसर सिर्जना गर्न काम गरिरहेको बताए ।

सो कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीले क्याम्पसको साधारणसभा सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष राजकुमार राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।