८ भाद्र २०८३, सोमबार
,
Latest
‘खर्क नीति’ लाई समयसापेक्ष परिमार्जन गरी मुलुकको समृद्धिमा जोडौँः सांसदहरु विशेष महाधिवेशन पक्षधरले भ्रमको खेती फैलाए : कांग्रेस नेता खड्का हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढ़ी खाचोँ छ : राष्ट्रपति श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ बेनी–जोमसोम सडकमा पहिरोको उच्च जोखिम, तर छैन भरपर्दाे पूर्वचेतावनी प्रणाली मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का घाइते कैलाली–कञ्चनपुर पुगेर मन्त्री रावलको आग्रह : लालपुर्जा वितरणको काम तीव्रता दिनुस् पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानाध्यापकले कक्षाकोठाभित्र विद्यार्थीका १६ वटा फोन हथौडाले फुटाइ दिएपछि…



अ+ अ-

काठमाडौं । आजकाल मानिसहरुलाई मोबाइल र स्मार्टफोनको लत लागिसकेको छ । मानिसहरु सधैं आफ्नो मोबाइलमा व्यस्त देखिन्छन् । कर्नाटकको एक कलेजका प्रधानाध्यापक विद्यार्थीको यस्तो बानी देखेर यति रिसाए कि उनले कक्षाकोठामा नै विद्यार्थीको फोन जफत गरेर हथौडाले चक्नाचुर पारिदिएका छन् ।

भारतीय संचार माध्यमका अनुसार वास्तवमा कर्नाटकको एमईएस चेतन्य पीयू कलेजका प्रधानाध्यापकलाई कक्षाकोठामा लेक्चरका बेला पनि मोबाइल प्रयोग गरेको चित्त बुझिरहेको थिएन । उनले विद्यार्थीलाई थुप्रै पटक कक्षामा पढाई वा लेक्चरको क्रममा कसैले पनि मोबाइल प्रयोग गरेको भेटिए मोबाइल फुटाइने चेतावनी दिएका छन् ।

कलेजका विद्यार्थीले कक्षाकोठामा यस्तो नियमलाई वास्ता नै नगरी निर्धक्कले मोबाइल चलाइरहेको देखेर प्रधानाध्यापकलाई यति रिस उठ्यो कि उनले तुरुन्त हथौडा मगाए र विद्यार्थीहरुबाट मोबाइल खोसेर फुटाइदिए ।

प्रधानाध्यापकले यसरी मोबाइल फुटाएको भिडियो भाइरल भएपछि कलेजका अधिकारीले विद्यार्थीले लेक्चर दिइरहेका बेला पनि मोबाइल फोन चलाएर एक अर्कासँग च्याटिङ गरिरहेकाले यस्तो निर्णय लिनुपरेको स्पष्टिकरण दिएको छ ।

बुधबार कलेजका अधिकारीले १६ वटा मोबाइल फोन जफत गरेका थिए । त्यसपछि विद्यार्थीलाई कलेज हलमा जम्मा हुन भनियो । विद्यार्थी जम्मा भएपछि प्रधानाध्यापक त्यहाँ पुगे र उनले सबैको अगाडि मोबाइल फोन फुटाइदिए ।