१ पुष २०८२, मंगलवार
,
Latest
नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट जेनजी सुशासन योद्धा: भट्ट परिवारको सहारा, कान्छो ढल्यो… भृकुटीमण्डपमा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन (तस्बिरहरु) वैदेशिक रोजगारमा हुने ठगी रोक्न श्रम मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा बिलबिजक नभएको सामानसहित पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानाध्यापकले कक्षाकोठाभित्र विद्यार्थीका १६ वटा फोन हथौडाले फुटाइ दिएपछि…



अ+ अ-

काठमाडौं । आजकाल मानिसहरुलाई मोबाइल र स्मार्टफोनको लत लागिसकेको छ । मानिसहरु सधैं आफ्नो मोबाइलमा व्यस्त देखिन्छन् । कर्नाटकको एक कलेजका प्रधानाध्यापक विद्यार्थीको यस्तो बानी देखेर यति रिसाए कि उनले कक्षाकोठामा नै विद्यार्थीको फोन जफत गरेर हथौडाले चक्नाचुर पारिदिएका छन् ।

भारतीय संचार माध्यमका अनुसार वास्तवमा कर्नाटकको एमईएस चेतन्य पीयू कलेजका प्रधानाध्यापकलाई कक्षाकोठामा लेक्चरका बेला पनि मोबाइल प्रयोग गरेको चित्त बुझिरहेको थिएन । उनले विद्यार्थीलाई थुप्रै पटक कक्षामा पढाई वा लेक्चरको क्रममा कसैले पनि मोबाइल प्रयोग गरेको भेटिए मोबाइल फुटाइने चेतावनी दिएका छन् ।

कलेजका विद्यार्थीले कक्षाकोठामा यस्तो नियमलाई वास्ता नै नगरी निर्धक्कले मोबाइल चलाइरहेको देखेर प्रधानाध्यापकलाई यति रिस उठ्यो कि उनले तुरुन्त हथौडा मगाए र विद्यार्थीहरुबाट मोबाइल खोसेर फुटाइदिए ।

प्रधानाध्यापकले यसरी मोबाइल फुटाएको भिडियो भाइरल भएपछि कलेजका अधिकारीले विद्यार्थीले लेक्चर दिइरहेका बेला पनि मोबाइल फोन चलाएर एक अर्कासँग च्याटिङ गरिरहेकाले यस्तो निर्णय लिनुपरेको स्पष्टिकरण दिएको छ ।

बुधबार कलेजका अधिकारीले १६ वटा मोबाइल फोन जफत गरेका थिए । त्यसपछि विद्यार्थीलाई कलेज हलमा जम्मा हुन भनियो । विद्यार्थी जम्मा भएपछि प्रधानाध्यापक त्यहाँ पुगे र उनले सबैको अगाडि मोबाइल फोन फुटाइदिए ।